१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

आमाले गरिन सात महिने छोरीको हत्या

सांकेतिक तस्बिर

रुकुम– सल्यानमा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छिन्। जिल्लाको छत्रेस्वरी गाउँपालिका ६ रानागाउँकी २८ वर्षिया सपना भण्डारीले आफ्नै सात महिनाकी छोरी जानकीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनले कुटपिट गरी छोरीको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताइएको छ।

कुटपिटपछि छोरीको हत्या गरेको किटानी जाहेरी आफन्तले दिएपछि सपनालाई त्रिवेणी गाउँपालिकाको लुहामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। पक्राउ परेकी सपनालाई इलाका प्रहरी लुहाममा राखिएको र थप अनुसन्धान गरिरहेको बताइएको छ। हत्याको कारण भने खुल्न सकेको प्रहरीले बताएको छ।

मृतक बालिकाको जिल्ला अस्पताल सल्यान खलंगामा पोष्टमार्टम पछि अन्तिम दाहसंस्कारको लागि आफन्तलाई बुझाइएको डिएसपी शाहीले जनाए।

प्रकाशित: १५ जेष्ठ २०७६ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App