ह्यारी दम्पतीलाई महरानीको समर्थन
शाही जिम्मेवारी त्यागेर आर्थिक रूपमा स्वतन्त्र हुने घोषणा गरेका राजकुमार ह्यारी दम्पतीको निर्णयलाई बेलायती महारानी एलिजाबेथले समर्थन गरेकी छन्।
शाही जिम्मेवारी त्यागेर आर्थिक रूपमा स्वतन्त्र हुने घोषणा गरेका राजकुमार ह्यारी दम्पतीको निर्णयलाई बेलायती महारानी एलिजाबेथले समर्थन गरेकी छन्।
अभिनेत्री दीपिका पादुकोणले मंगलबार साँझ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा प्रदर्शन गरिरहेका छात्राहरुको बीचमा पुगेर सबैलाई आश्चर्य पारेकी छन्। करिब साढे सात बजे विश्वविद्यालय परिसरमा पुगेर जेएनयूका छात्रासंघका अध्यक्ष आइशी घोषसँग भेट गरेकी थिइन्। आइशी घोष जसलाई आइतबार नकाबधारी समूहले आक्रमण गरि घाइते बनाएका थिए।
समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
डाक्टर केसीले सत्याग्रह थालेको दिनदेखि डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले जिल्लामा दैनिक रूपमा भइरहेका सबै गतिविधिबारे ‘माथि’ जानकारी गराएकाे बताए। तर पनि यस विषयमा सरकारका तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन।
डाक्टर केसीले सत्याग्रह थालेको चार दिन बित्दा पनि सरकारले चार दिनसम्म कुनै प्रतिक्रिया जनाएको छैन। त्यसबाट क्षुब्ध डडेल्धुरालगायत सुदूरपश्चिमबासीको समर्थन डाक्टर केसीका पक्षमा दिनदिनै बढ्दै गएको छ।
आतंकवादविरुद्धमा चीनले अघि सारेको प्रस्तावमा विश्वका ५४ देशले समर्थन गरेका छन्। चीनले प्रतिआतंकवादका विषयमा संयुक्त राष्ट्रसंघीय एक सत्रमा राखेको प्रस्तावको ती राष्ट्रले समर्थन गरेका समाचारमा जनाइएको छ।
आतङ्कवादका विरुद्धमा चीनले अघि सारेको प्रस्तावमा विश्वका ५४ देशले समर्थन गरेका छन्। चीनले प्रति आतङ्कवादका विषयमा संयुक्त राष्ट्रसंघीय एक सत्रमा राखेको प्रस्तावको ती राष्ट्रहरुले समर्थन गरेका समाचारमा जनाइएको छ।
जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच हुनसक्ने सम्भावित वार्ताको समर्थन गरेका छन्।
बलिउड अभिनेत्री स्वरा भाष्कर चर्चित विद्यार्थी नेता कन्हैया कुमारको समर्थनमा उत्रिएकी छिन्। आजबाट सुरु भएको लोकसभा निर्वाचनमा बिहारबाट उम्मेदवार रहेका कन्हैयाको चुनावी प्रचारमा समेत स्वरा उत्रिएकी छिन्।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी संसदलाई गराएको छ। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक रुपमा जानकारी गराएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आवेग र उत्तेजनामा नआउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आग्रह गरेका छन्। कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनाको दोषी ठहर गर्दै जिल्ला अदालतले बुधवार जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्तासँगै फेरि मधेस आन्दोलन चर्काउने तयारी थालेको छ। सरकारलाई दिएको समर्थन उसले र्फिता लिँदैमा अकंगणतीय रूपमा केही फरक पर्दैन। सरकारको पक्षमा अहिले पनि प्रतिनिधिसभाका १ सय ९२ सांसदको समर्थन छ। जबकि, दुईतिहाइ पुग्न १ सय ८४ सांसदको समर्थन भए पुग्छ।
सरकार गठन भएको करिब १ वर्षपछि राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। राजपाका सांसद रेशम चौधरीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि आक्रोशित भएका राजपाका नेताहरूले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्।
पाँचथर गजल मञ्चका अध्यक्ष समेत रहेका स्पन्दन दिपक खनाल मंगवार साझ सदरमुकाम फिदिमको गणतन्त्र चोकमा यसरी गजल बाचन गर्दै थिए । २०६२/०६३ सालको जनआन्दोलन र संविधान निर्माणमा बिलम्ब हुँदा यसरीनै यो चोकमा साहित्यीक रचना सुनिन्थ्यो। यो पल्ट भने चिकित्सा शिक्षा सुधारका लागि भएका सम्झौता कार्यान्वयको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा कविहरुले रचना सुनाए।
राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता कर्णले सरकारलाई समर्थन गरिराख्नुपर्ने कुनै औचित्य नभएकाले पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने दाबी गरे।