७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

संविधान लागू भएको १० वर्ष नबित्दै तुहिने सम्भावना बढ्यो

हामी सुशासनको कुरा गर्छौं, संविधानका कुरा गर्छौं। हामीसँग सातौं संविधान आइसक्यो। यहाँसम्म आउँदा संविधान के हो भनेर थाहा पाउने कति जना मान्छे छौं? संविधानले के गर्छ? के गर्दैन? संविधानका सीमाहरू, संविधानका सम्बन्धमा राख्नुपर्ने कुराहरू के हुन् भन्ने कुराको मेसो कतिले पाएका छौँ?

भावनामा डुबेर पुस्तक अध्ययन गर्न महानायक हमालको सुझाव

‘पुस्तक पढ्दा यथार्थ र वास्तविकता खोज्ने होइन, त्यसको भावना के हो त्यो बुझ्नुपर्छ। कतिपय ठाउँमा पुस्तकमा तपाईको परिवेश भन्दा अलग्गै परिवेश पनि हुनसक्छ। सोचाइ फरक हुनसक्छ। तर कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको छ भने आफ्नै भावना र सोच बुझ्न मद्दत गर्छ।'

त्यागिएको अनुभूतिको आख्यान: परित्यक्ता

छोटा–छरिता वाक्य, बारम्बार दोहोरिइरहने केही पदावली र वाक्यको लय, विम्बमय वर्णन कुशलता, नारीमाथि समाजमा भएका विभेदसँगै प्राकृतिक जीवनयात्राका गहिरा चिन्तनले परित्यक्ता उपन्यासलाई पठनीय बनाएका छन्।

साहित्यिक स्रष्टा सम्मानित

आख्यानकार डा.ध्रुवचन्द्र गौतमले आफ्ना आमाबाबुका नाममा स्थापना गरेको दीप–गोविन्द स्मृति सम्मान कोषले गद्य लेखन र समालोचनामा सक्रिय स्रष्टाहरुलाई सम्मान गरेको छ।

स्वादिलो कफीगफ

पछिल्लो समय गैरआख्यानको लहरै आएको छ। गैरआख्यानले पाठक पनि उत्तिकै तानेकै छन्। आख्यान पढ्ने पाठकले गैरआख्यान नपढेका होलान्, तर आख्यान नपढ्ने पाठकले पनि गैरआख्यान पढ्ने गरेका छन्।

‘राजनीतिबिना आख्यान पुरा हुँदैन’

नेपाली साहित्यको आख्यानका विषयमा छलफल गर्न राष्ट्रिय आख्यान विमर्श कार्यक्रम आयोजना गरिएको छ। कविडाँडा साहित्य समाज, चितवन र नेपाल प्रज्ञा प्रतिष्ठानले सौराहामा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सामाजिक रूपान्तरणको गति तिब्र हुँदा आख्यान लेखनको महत्व हुने गरेको बताए।

पुस्तक मेलामा आख्यानका पाठक बढी

हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा ‘ठ्यासकुमारी’को भूमिकामा अभिनय गर्ने कलाकार निरु खड्का पुस्तककी पारखी हुन् । राजधानीमा वर्षैपिच्छे हुने पुस्तक मेलामा उनी पुग्छिन् र आफूलाई मनपरेको पुस्तक किन्छिन्।

हिममानव यति आख्यानिक कि वास्तविक ?

मानसपटल त चिन्तन चेतका स्रोत÷गर्भस्थल रहे–बनेकै छ । यो एक सरोकार नभई विश्वब्रह्माण्डव्यापी नै स्वीकृत मान्यता रहेको छ । वागसिंह प्रतिष्ठानबाट प्रकाशित बासुकी आवाज– ०७४ साउन, दोस्रो सैगातमा प्रकाशित यो यति (हिममानव र यति एउटै हो) पढेँ । मनमा कुतूहलपूर्ण जिज्ञासा जाग्न थाल्यो– हिममानव यति मात्र आख्यानिक कि वास्तविक ? रचना स्व. योगी नरहरिनाथद्वारा रचिएको रहेछ ।

आख्यानीकृत यात्रा

उपन्यासका अधिकांश प्रमुख पात्र कमजोर र आत्महीन छन्। परिवारले आफूमाथि गरेको अन्यायका विरुद्ध संघर्ष नगरेर सुमनले पलायनको बाटो रोज्यो। सीतामाथि बलात्कार भयो, तर त्यसपछिका न्यायका धेरै बाटा हुन सक्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्