४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

लिटरेचर फेस्टिभलः टिकटक बन्द कानुन बाहिरको विषय

टिकटक बन्द गर्ने सरकारको निर्णयलाई केहीले समर्थन जनाएका छन भने केहीले सरकारको निर्णयको विरोध गरेका छन।

काई बर्ड भन्छन्ः हामी निकै खतरनाक समयमा बाँचिरहेका छौं’

फेवाताल किनारमा चलिरहेको नेपाल लिटरेचर फेस्टिभलको ११ औं संस्करणको तेस्रो दिनको पहिलो सत्रमा काई बर्ड पनि छलफलमा जुटे। ‘बेष्टसेलरदेखि ब्लकबाष्टरः द ओपेनहाइमर स्टोरी’ सत्रमा काई बर्ड पत्रकार कुन्दन दीक्षितसँग गफिए।

महतन्त्रमा मह जोडीः सफलतामै फुर्सद छैन, कुरा किन काट्नु

कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को जोडी नयाँ होइन । उनीहरूको जोडी जमेको ४४ वर्ष भइसक्यो । उनै मह जोडी अर्थात मदनकृष्ण र हरिवंश शुक्रवार पोखरा फेवाताल किनारमा गफिए ।

संविधान लागू भएको १० वर्ष नबित्दै तुहिने सम्भावना बढ्यो

हामी सुशासनको कुरा गर्छौं, संविधानका कुरा गर्छौं। हामीसँग सातौं संविधान आइसक्यो। यहाँसम्म आउँदा संविधान के हो भनेर थाहा पाउने कति जना मान्छे छौं? संविधानले के गर्छ? के गर्दैन? संविधानका सीमाहरू, संविधानका सम्बन्धमा राख्नुपर्ने कुराहरू के हुन् भन्ने कुराको मेसो कतिले पाएका छौँ?

फेवाकिनारमा ‘लिटरेचर फेस्टिभल’

पर्यटकीय क्षेत्र लेकसाइड कहिले कुन त कहिले कुन रुपमा रमाउँछ। फरक समय र परिस्थितिमा फरक स्वादमा रमाउने लेकसाइड विहीबारदेखि शब्दशक्ति उत्सवको रुपमा रमाउन सुरु गरेको छ, जहाँ शब्द र व्यवस्थामाथि तात्तातो बहस चल्दैछ। फेवाताल किनारको बाराहीघाट मैदानमा शब्द फुराइँदैछ, राजनीतिमाथि बहस हुँदैछ, समाज, अर्थतन्त्र, लोकतन्त्रमाथि टिप्पणी गरिँदैछ।

लिटरेचर फेस्टिभलको दसौँ संस्करण आउँदो साता

नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण आगामि बुधबारदेखि पोखरामा सुरु हँदैछ। पुस ११ गतेसम्म चल्ने फेस्टिबलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत प्रवचन हुनेछ। वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिनेछन्।

नेपाल लिटरेचर फेस्टिभल सुरु

नेपाली गजलमा हस्तक्षेपकारी उपस्थिति देखाइरहेका गजलकार रोदनले फेस्टिभलमा प्रेमदेखि राजनीतिक तथा समसामयिक विषयका १० भन्दा बढी गजल सुनाएका थिए। कार्यक्रममा र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले पोखरालाई साहित्यका माध्यमबाट चिनाउनु फेस्टिभल र आफूहरूको प्रयास रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्