२१ आश्विन २०८१ सोमबार
image/svg+xml

समायोजनलाई लिएर जनार्दन र लालबाबुको चर्काचर्की

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यहरुले समायोजनमा गएका कर्मचारीहरुलाई तोकिएको ठाउँमा पठाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। सदस्य जनार्दन शर्माले समायोजनमा गएका कर्मचारीहरुलाई काममा लगाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। यता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तह आफैंले कर्मचारी भर्ना गर्न पाउने संवैधानिक व्यवस्था नरहेको बताए।

अमेरिकाले खाडीमा क्षेप्यास्त्र प्रणाली र जहाज पठायो

इरानसँगको तनाव बढिरहेकै बेला संयुक्त राज्य अमेरिकाले आफ्नो राष्ट्रवादी क्षेप्यास्त्र प्रणाली मध्यपूर्वमा पठाएको छ। क्षेप्यास्त्र प्रणालीसहित अमेरिकाले अत्यधुनिक सवारी साधन र विमान बोक्न सक्ने युएसए एर्लिङ्टन नामक युद्धक जहाज पनि मध्यपूर्वमा पठाएको बताइएको छ।

सिंहलाई पण्डितकाे काउण्टर

प्रतिनिधिसभाका सांसदसमेत सिंहले २ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उलंघन गरेको? भन्दै सरकारलाई प्रश्न गरेका थिए।

अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढ्यो

संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ। यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ।

असफलताको यात्रामा राज्य

कानुनको शासन भन्नाले देशको प्रचलित कानुन÷नियमअनुसारको शासन भन्नेमात्र अर्थ लगाउने हो भने हिटलरको कानुन र सैनिक शासन तथा अन्य सामन्ती शासनअन्तर्गतका कानुन र आदेश पालना गर्नु पनि कानुनकै शासन हो भन्ने बुझिनसक्छ।

आणविक सम्झौताका केही अंश इरानले तोड्यो

विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताअन्तर्गत गरिएको प्रतिबद्धतालाई तेहरानले निलम्बन गरेको छ। सम्झौताको एउटा प्रमुख पक्ष संयुक्त राज्य अमेरिकाले एक वर्षअघि नै सो सम्झौताबाट हात झिकिसकेको छ।

ट्रम्पको चेतावनीपछि सेयर बजार खस्कियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुने गरी दुई सय अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा कर वृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली सेयर बजारमा ठूलो गिरावट आएको छ।

कटुवा पेस्तोलसहित भारतीय पक्राउ

सिरहाको भगवानपुर गाउँपालिका –४ ठाढीबाट प्रहरीले एक जना भारतीय नागरिकलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला बगहा गाउँपञ्चायत–१ का २८ वर्षीय राजेशकुमार यादव छन्।

‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन अमेरिकाको आग्रह

संयुक्त राज्य अमेरिकाले युरोपेली संघअन्तर्गतका सदस्य राष्ट्रलाई चीनको ‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन आग्रह गरेको छ।

अमेरिका–चीन व्यापार वार्ता सुरु

संयुक्त राज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुवै मुलुकबीच बेइजिङमा बुधबारदेखि पुनः व्यापार वार्ता सुरु भएको छ।

जापानमा नारुहितो बने नयाँ सम्राट

जापानमा नयाँ सम्राट नारुहितोले बुधबार विधिपूर्वक राज्यारोहण गरेका छन्। राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक भाषण गर्दै उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन्।

सहर समय

उन्नाइसौँ शताब्दी साम्राज्यहरूको समय थियो, बीसौँ शताब्दी राष्ट्र राज्यको थियो भने एक्काइसौँ शताब्दी सहरहरूको हुनेछ।

संसदीय समिति बारा जाने

तराईका दुई जिल्ला वारा र पर्साका हुरी प्रभावितलाई राहत वितरण प्रभावकारी नभएको आवाज उठ्न थालेपछि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिले स्थलगत भ्रमण गर्ने भएको छ।

संसद विचाराधीन विषयमा निर्णय नगर्न निर्देशन

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संसद्मा विचाराधीन रहेका विषयमा आफैँले कुनै निर्णय नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन रहेका बेला गृह मन्त्रालयले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र गरेपछि समितिको बुधबारको बैठकले अब उप्रान्त संसद्मा विचाराधीन मुद्दामा कुनै पनि निर्णय र परिपत्र नगर्न गृहलाई निर्देशन दिएको हो।

अनियमिततातर्फ उन्मुख राज्यसंयन्त्र

संघ, प्रदेश र स्थानीय, तीनै तहका सरकारले आफ्नो पहिलो वर्ष पूरा गरेका छन्। जनप्रतिनिधिबाट सम्पादन हुने काममा सार्वजनिक विकास, प्रशासनका कुरा त परै छाड्दिउँ, राजनीतिक क्षमतासमेत सर्वथा अभाव रहेको प्रस्टै छ। किनकि तीनवटा बाहेक चारवटा प्रदेशले आजसम्म आफ्नो नामकरण र राजधानी तोक्नसमेत सकेका छैनन्। यसले जनप्रतिनिधिको राजनीतिक क्षमता छर्लङ्ग पार्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्