२६ वैशाख २०८१ बुधबार
image/svg+xml

अपांगताले सफलता छेक्दैन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्मा दृष्टिविहीन भएर पनि स्थायी शिक्षक भएर धेरैका लागि प्रेरणाका स्रोत बनेका छन्।

विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा पाँच लाख रूपैयाँ को अक्षयकोष स्थापना गरेका छन्।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ।

खाल्लेमा पहिलोपटक बस पुग्दा...

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागतसमेत गरेका थिए।

किसानलाई निःशुल्क कृषि एम्बुलेन्स

कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर विक्री वितरण गर्न सदरमुकाम दिक्तेल बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ।

कृषि पेसामा लागेका धर्मराजः व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !

राजापानीमा दुईवटा बाख्रा फार्म छन्। बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ।

कृषि तथा पशु मेला प्रदर्शनी ४३ किसान पुरस्कृत

प्रदर्शनीमा एक सय २० कृषि उपज राखिएको थियो। मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो।

खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै, ठगिएका ४६ जनाले दिए उजुरी

उनीहरुले वि.सं. २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन्।

गाईघाट-दिक्तेल सडकको २ ठेक्का तोडियो

गाईघाट-दिक्तेल जोड्ने निर्माणाधीन ‘सगरमाथा लोकमार्ग’ को दुईवटा ठेक्का सम्झौता तोडिएको छ।

राज्यमन्त्री चपाईद्वारा मध्यपहाडी राजमार्गको अनुगमन

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेकी छन्।

गाईघाट-दिक्तेल सडकको प्रगति: ३० वर्षसम्म ३३ प्रतिशत

उदयपुर र खोटाङलाई सोझो यातायातले जोड्ने गरी निर्माणाधीन गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग तीन दशक बित्न लाग्दासम्म एकतिहाई अंश मात्र काम भएको छ।

श्रीमानले प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ।

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लास्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन्।

त्रिपन्नौं पटक रक्तदान गरेका बजिमयको अनुभव: ‘जति रक्तदान गर्‍यो, उति स्वस्थ्य भइँदोरहेछ ’

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गरे। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गरेको यो त्रिपन्नौं पटक हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्