२० आश्विन २०८१ आइतबार
image/svg+xml

युरोपेली युनियन छोड्न प्रतिबद्ध छौं : प्रधानमन्त्री जोन्सन

बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषद्को पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताएका छन्।

युरोपेली आयोगको अध्यक्षमा उर्सुला

जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित भएकी छन्। आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उनी झिनो बहुमतका आधारमा निर्वाचित भएकी हुन्। जितसँगै ६० वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला बनेकी छन्। युरोपेली संघमा आबद्ध २८ मुलुकका सरकार प्रमुखहरुले उनलाई समर्थन जनाएका थिए।

युरोपबाट कर्णाली नियाल्दा

मेरो प्यारो कर्मभूमि कर्णाली, मैले युरोपबाट तिमीलाई नियाल्दा तिमी त अझै ढुंगे युगमै पो छौ। तिमी त यहाँको विकासको कल्पना पनि गर्न सक्दैनौ। तिम्रो विकासको गति अनि नियति सम्झेर कहाली लागेर आयो। यहाँ त म हेरेको हे¥यै भएँ। यहाँ त जमिनमाथिको के कुरा, जमिनमुनि पनि मानव बोकी हिँड्ने अजंगका रेलगाडी चल्ने रहेछन्। आकाशमा पनि हाम्रो गाउँभरिका मान्छे एकैसाथ बोकेर उड्ने चीलगाडी छन्। पैसा गन्नुपर्दैन, कागतको पत्ता सुँघाएर मानिस रेल र मोटर चढ्छन्।

एनआरएन युरोप भेलालाई उपप्रधानमन्त्री पोखरेलले सम्बाेधन गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ युरोपेली भेलामा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि हुने भएका छन्।

डेनमार्कमा कांग्रेस कार्यकर्तालाई प्रशिक्षण, १ दर्जन नेताहरु युरोपमा

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे आयोजनामा शुक्रवारदेखि डेनमार्कको कोपनहेगनमा सुरु हुने तीन दिने प्रशिक्षण तथा कांग्रेस सर्मथकहरुको विश्व भेलामा सहभागी हुन नेपाली कांग्रेसमा उपसभापति बिमलेन्द्र निधी, केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल डनेमार्क पुगेका छन्।

दम्भ नै समस्या

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्केयता मुलुकको मौसमी तापक्रममात्र होइन, राजनीतिक तापमानसमेत बढ्दै गएको छ। संसददेखि सडकसम्मका गतिविधिले फेरि असन्तुष्टि पोखिन थालेको देखाएका छन्। हरेकपटक जब राजनीतिक परिवर्तन हुन्छ तब स्थिरता कायम भई देश आर्थिक गतिविधितर्फ उन्मुख हुने अपेक्षा गरिन्छ। तर नियतिले मुलुकलाई फेरि अस्थिरतातर्फ लगिरहेको देखिन्छ। सरकारले सार्वजनिक घोषणामार्फत फिर्ता गरिसकेको गुठी विधेयकका सन्दर्भमा बुधबार आयोजित खबरदारीसभामा आमजनताको जुन सहभागिता देखियो त्यो यसबीच उत्पन्न वितृष्णाको उपज हो। त्यतिमात्र होइन, सरकारले ल्याएका हरेक विधेयकमा राखिएका प्रावधानका कमजोरी दोहोरिइरहेका छन्। सरकार दुईतिहाइको भएरमात्र पुग्दैन। सरकारले गरेका काममा आमनागरिकका भावना प्रतिबिम्बन हुनु पनि उत्तिकै आवश्यक छ। प्रधानमन्त्री ओलीले युरोप भ्रमणका उपलब्धि र गुठी विधेयकमा सरकारका धारणा सार्वजनिक गर्न संसदलाई रोजेका भए पनि त्यहाँ मंगलबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोध रह्यो। त्यसलगत्तै पत्रकार सम्मेलनमार्फत उनले सरकारका धारणा सार्वजनिक गर्न भ्याए। तर त्यहाँ प्रधानमन्त्रीद्वारा प्रमुख विपक्षी कांग्रेसदेखि प्रेससम्मलाई गरिएका कटाक्षले सरकारको मनस्थिति छताछुल्ल पारेको छ।

गुठीका नाममा जनतामाथि शोषण भइरहेको छ: प्रधानमन्त्री ओली

साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म संस्कृतिमा असर परेको छ भने सरकारले गुठी विधेयक सच्याउने बताएका छन्।

'धर्म संस्कृतिमा प्रतिकूल असर परेकाे खण्डमा सच्याइन्छ'

साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म संस्कृति परेको छ भने सरकारले सच्याउने बताएका छन्। विमानस्थलमा सञ्चारकर्मीसँग कुरो गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने,‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ।’

साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आइतबार विहान स्वदेश आइपुगेका छन् । गत जेठ २५ गते त्यसतर्फ लागेका ओली कतार एयरवेजको विमानबाट काठमाडौं एयरपोर्टमा आइपुगेका हुन्। युरोपका स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको प्रधानमन्त्री ओली भ्रमण गरेका हुन्। स्विटजरल्यान्डमा दुई दिन बिताएका ओली त्यतैबाट बेलायत गएका थिए ।

प्रधानमन्त्री ओली भोलि विहान काठमाडौं आइपुग्ने

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन्। यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री भोलि स्वदेश फर्कन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री ओली दोहाबाट जेनेभा प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा आइतबार विहान कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा छन्।

प्रधानमन्त्री ओली युरोप भ्रमणका लागि प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली साता लामो युरोप भ्रमणका लागि प्रस्थान गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुँदै सुरु हुने प्रधानमन्त्रीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिने छ।

प्रधानमन्त्री ओली आज यूरोप प्रस्थान गर्दै

एक हप्ता लामो भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज(शनिबार) यूरोप प्रस्थान गर्दैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्