१० मंसिर २०८१ सोमबार
image/svg+xml

काँग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन नुवाकोटमा हुने

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ७ र ८ गते नुवाकोटमा हुने भएको छ। काँग्रेस जिल्ला कोषाध्यक्षले शुक्रबार पत्रकार सम्मेलन गरी स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा गर्न लागेको जानकारी दिइएको हो।

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन्।

माघे संक्रान्तिमा नुवाकोटमा ४० हल गोरु जुध्ने

माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तीन ठाउँमा गोरु जुधाई मेला हुँदैछ। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाई मेला हुने गरेको छ। यस वर्ष तीनै ठाउँमा गरी ४० हल गोरु प्रतिस्पर्धाको मैदानमा उत्रने भएका छन्।

नुवाकोटमा ‘तरकारीको जोन कार्यालय’ स्थापना

जिल्ला कृषि विकास कार्यालय नुवाकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारीको जोन कार्यालय स्थापना गरिएको छ । कृषि विकास कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलराज गैरेलाई नै तरकारी जोनको प्रमुख तोकिएको छ । एक दशकसम्म सञ्चालन हुने तरकारी कार्यक्रम जिल्लाका १२ स्थानीय तहमध्ये चार स्थानीय तहभित्र पर्ने १५ वटा वडामा चल्ने बताइएको छ ।

नुवाकोटमा ३६ हल गोरु प्रतिस्पर्धाको मैदानमा

माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तीन ठाउँमा गोरु जुधाइँ मेला हुँदैछ। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाइँ मेला हुने गरेको छ। यस वर्ष तीनै ठाउँमा गरी ३६ हल गोरु प्रतिस्पर्धाको मैदानमा उत्रने भएका छन्।

नुवाकोटमा २८ हल गोरु जुधाइँदै

नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ ।

नुवाकोटमा समानुपातिक तर्फ काँग्रेस अगाडि

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ। गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएका छन्।

नुवाकोटमा फहरायो लाल झन्डा

दुई प्रतिनिधि र चार प्रदेश सभा रहेको नुवाकोट बाम गठबन्धनको कब्जामा परेको छ। मंसिर  १० गते भएको पहिलो चरणको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पटकपटक मन्त्री भइसकेका हेभिवेटका उम्मेदवारहरु अर्जुननरसिंह केसी र डा. रामशरण महतले जनताको मत आफ्नो हात पार्न सकेनन्। केसी र महतले आफ्नो मातहतमा रहेको प्रदेश सभाहरु समेत जोगाउन सकेका छैनन्।

नुवाकोटमा काँग्रेसको खानदानी राजनीति समाप्त

नुवाकोटमा आफ्नो पकड क्षेत्र बनाएर बसेको नेपाली काँग्रेसले यसपाली भने आफ्नो विरासत जोगाउन सकेन। पछिल्लो समय नेकपा माओवादी केन्द्र र एमालेले तालमेल गरेपछि काँग्रेसले आफ्नो बिउ समेत जोगाउन नसकेको हो। २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका रामशरण महतले नेकपा माओवादीका हितबहादुर तामाङलाई हराउँदै काँग्रेसको साख बचाएका थिए। यसपाली भने उनलाई जनताले पत्याएनन्। ०६४ मा क्षेत्र नम्बर १ मा काँग्रेसका अर्जुन नरसिंह केसीलाई हराउँदै माओवादीकी विमला सुवेदीले जित हासिल गरेकी थिइन् भने तीनमा माओवादी कै पोष्टबहादुर बोगटी विजयी भएका थिए।

नुवाकोटमा कांग्रेसका केसी र महत पछि पछि

नुवाकोटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रामशरण महत र अर्जुननरसिंह केसी दुबै जना पछि परेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङलाई महतले उछिन्न सकेका छैनन् ।

नुवाकोटमा बामगठबन्धनको अग्रता

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको नुवाकोटमा मतगणना जारी छ । दुवै प्रतिनिधि र ४ वटै प्रदेश सभामा बामगठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा छन् ।

नुवाकोटको ढिकुरे बजार निषेधित क्षेत्र घोषणा

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने लिखु गाउँपालिकाको वडा नं. १ ढिकुरेबजारसहित आसपासको क्षेत्रलाई आज जिल्ला प्रशासन कार्यालय नुवाकोटले निषेधित क्षेत्र घोषणा गरेको छ ।

नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण शुरु

नुवाकोट डिभिजन सडक कार्यालयले ४० किलोमिटर लामो दुई लेनको सडक (लोकसञ्चार मार्ग) निर्माण शुरु गरेको छ। झन्डै रु डेढ अर्ब लागत लाग्ने उक्त सडकको पहिलो खण्डको १० किमी सडक शुक्रबारदेखि निर्माण शुरु भएको हो। डिपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डका लागि रु ५० करोड ८५ लाख लाग्ने उल्लेख गरिए पनि रू सवाँ २४ करोडमा ठेक्का सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्