१० मंसिर २०८१ सोमबार
image/svg+xml

काँग्रेस नुवाकोटबाट १४३ जना उम्मेदवार सिफारिस

नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ।

दोलखाका रेग्मी नुवाकोटमा मृत्त भेट्टिए

दोलाखा साविक लाकुरीडाँडा गाविस वडा–३ का लोकप्रसाद रेग्मी नुवाकोटको विदुर नगरपालिका–१३ केसिंहस्वारामा मृत अवस्थामा भेट्टिएका छन्।

नुवाकोटको बस दुर्घटनामा मृतककाे संख्या ७ पुग्यो

नुवाकोटको थानाभञ्ज्याङमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । काठमाडौँबाट खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस थानाभञ्ज्यामा दुर्घटना भएको थियो।

नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना, ३को मृत्यु, २९ घाइते

काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बस शनिबार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नुवाकोटमा बाढी पहिरोले दश करोडको क्षति

चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा रु दश करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ।

दूध र मासुमा नुवाकोट आत्मनिर्भर

नुवाकोट जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ। सञ्चालित कार्यक्रम समयमै सम्पन्न गर्न किसानले चासो नदिँदा अण्डामा भने आत्मनिर्भर हुन सकेको छैन्।

गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन

जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएका छन्। काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन्।

नुवाकोटको विदुरमा एमाले, ककनीमा माओवादी र शिवपुरीमा काँग्रेस

दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको  छ । जिल्लाकै ठूलो स्थानीय तह विदुर नगरपालिकामा नेकपा एमालेले सफलता हात पारेको छ । विदुर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी  भएको छ । १३ वटा वडाबाट प्राप्त नतिजा अनुसार  मेयर पदका एमालेका सञ्जु पण्डितले ९ हजार ७ सय १६ मत ल्याएर विजयी भए भने उनकोे निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धुव्र अधिकारीले ८ हजार ७ सय ४२ मत प्राप्त गरे ।

नुवाकोटमा ५ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेस अग्रता

१२ वटा स्थानीय तह रहेको नुवाकोटमा ५ वटा को अन्तिम नतिजा सार्वजनिक भएको छ।

नुवाकोटको तादी र किस्पाङमा काँग्रेसकाे जित

१२ स्थानीय तह रहेको नुवाकोटमा दुई स्थानीय तहको मत गणना गरेर सकिएको छ । तादी र किस्पाङ दुवै गाउँपालिकामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ।

नुवाकोटमा १८ वडाको मतपरिणाम सार्वजनिक, काँग्रेसको अग्रता

२ नगरपालिका र १० गाउँपालिकामा रहेको नुवाकोटमा मतगणना जारी छ । ८८ वडा मध्ये १८ वडाको नतिजाले अन्तिम रुप लिएको छ ।

नुवाकोटमा मतगणना जारी,  एमालेको अग्रता

नुवाकोटको २ नगरपालिका र १० गाउँपालिकामा नै मतगणना जारी छ । अन्तिम नतिजा अनुसार नेकपा एमाले तीन र नेपाली काँग्रेस दुई तहमा अगाडि रहेको छ । एमालेले विदुर नगरपालिका, ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकामा प्रमुख र उप प्रमुखसहित अग्रता लिएको छ भने नेपाली काँग्रेस तादी गाउँपालिका र शिवपुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित अगाडि छ ।

नुवाकोटमा सिलिन्डर बम विष्फोट

नुवाकोटको लिखु गाउँ पालिका-१ खानीगाउँ ढिककुरेमा बम विष्फोट भएको छ। इलाका प्रहरी कार्यालय ढिकुरे नजिकै अज्ञात समूहले ग्याँस सिलिण्डर बम विष्फोट गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्