१० मंसिर २०८१ सोमबार
image/svg+xml

तालिमले किसानमा उत्साह

लिखु गाउँपालिका–६ का अर्जुन लामिछानेले लगानी अनुसारको आलु उत्पादन होस् भनेर रासायनिक मल र किटनासक औषधि प्रयोग गर्ने गरेका थिए। त्यसमा पनि मात्रा नमिलाई। तरप्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ आलु जोनद्वारा सञ्चालन गरिएको तालिममा सहभागी भएपछि आलुमा लागेको रोगको पहिचान गरेर मात्र औषधि प्रयोग गर्नुपर्ने रहेछ भन्ने विषयमा जानकारी लिएका छन्।

घर भत्किदा वृद्धको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेको थालडाँडामा घर भत्किदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ८५ वर्षीय कप्तान तामाङ रहेका छन्।

युएनडिपीको गाडी दुर्घटनामा एकको मृत्यु, ५ घाइते

नुवाकोटको पञ्चकन्या गाउँपालिका– ४ आरुखर्क सालघारीमा मंगलबार साँझ युएनडिपीको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाडीका चालक सर्लाही परवानीपुरका २४ वर्षीय सुमन बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बा. ३ च ५७११ नम्बरको ल्याण्ड क्रुजर गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

रसुवा–नुवाकोट सीमा विवाद मिल्यो

रसुवा र नुवाकोटको सीमा विवाद समाधान भएको छ। रसुवाको कालिका गाउँपालिका–१। बाँदरे र नुवाकोटको किस्पाङ गाउँपालिकाको भूभागबारे लामो समयदेखि जारी विवाद साम्य भएको हो।

साहूको ऋणमा थिचिएको जीवन । मर्ने इच्छा छैन ।

जो धेरै बाच्न चहान्छन् । जो साहुको ऋण तिर्न नसकेर शरिर साट्न चहादैनन् । जो भोट पछिको नोट होइन । अवसर खोजीरहेका छन् ।

नुवाकोट बन्दको प्रभाव सडकदेखि विद्यालयसम्म

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक अन्तर्गत पर्ने पिपलटार–ढुङ्गे सडक खण्डका प्रभावितहरूले आइतबार नुवाकोट बन्द गराएका छन्। बन्दको प्रभाव यातायातदेखि विद्यालयसम्म परेको छ।

गोरु जुधाएर मनाइयो माघे संक्रान्ति

नुवाकोटका विभिन्न ठाउँमा गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाएका छन्। किसानले खेतवारी जोत्न प्रयोग गरिएको गोरुलाई गोरु जुधाई मेलामा सहभागी गराइएको थियो। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्याको घलेभञ्जयाङ (पिपलडाडा) मा गोरु जुधाइँ मेला हुने गरेकोमा यस वर्ष शिवपुरी गाउँपालिकाको शेरा बगर र लिखु गाउँपालिकाको कट्टिछापमा गोरु जुधाइएको छ।

घुम्ति शिविरबाट ५ सय ९ जनालाई नयाँ नागरिकता

नुवाकोटको शिवपुरी गाउँपालिकामा आयोजना गरिएको एकीकृत घुम्ति शिविरबाट ५ सय ९ जनाले नयाँ नेपाली नागरिकता लिएका छन्।

ज्येष्ठ नागरिकलाई सम्मान

नुवाकोटको ज्येष्ठ नागरिक सेवा समाजले ८० वर्ष नाघेका स्थानीय आठ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। जिल्लाको विदुर नगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई समाजले सम्मान गरेको हो।

जनता सडक दुर्घटनामा मरिरहने, सरकार रेल र पानीजहाजका सपना देख्ने? (भिडियो)

गत हप्ता दाङमा एक स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार २३ जना यात्रुको मृत्यु भयो भने अरु धेरै घाइते भए। त्यसको केही दिनअघि नुवाकोटमा एक मिनी ट्रक दुर्घटना हुँदा त्यसमा सवार १८ जना यात्रुको मृत्यु भयो, दर्जनौ घाइते भए। नुवाकोट र दाङमा भएका दुर्घटनाले फेरि एकपटक सडक दुर्घटना र सडक सुरक्षामाथि बहस चुलिएको छ।

मैलुङ प्रहरी चौकीमा आक्रमण, स्थिती तनावग्रस्त

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मैलुङ प्रहरी चौकीमा स्थानीयबासीले आक्रमण गरेका छन्। स्थानीयको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन्।

नयाँ वर्ष पछि चीनले साततले दरवारको पुनर्निर्माण थाल्ने

बाहिरी जिल्लाका पर्यटक नुवाकोट प्रवेश गरेपछि साततले दरवार नपुगी के फर्किनु भन्छन् र जान्छन्।

नुवाकोट दुर्घटना : मृतक १८ जनाकाे सामुहिक अन्त्येष्टि, सिसिपु गाउँ शोकमा

आफन्तको मृत्यु पछि गरिने संस्कार (घेवा) मा सहभागी हुन शुक्रवार दुप्चेश्वर गाउँपालिका–१ सिसिपुका स्थानीयहरु सिङटाङ झरेका थिए। घेवाको काम सकाएर गाउँ फर्कन ढिला भइसकेका कारण मिनिट्रकमा जाने याेजना उनीहरुले बनाए।

नुवाकोटको घ्याङफेदीमा गाडी दुर्घटना, १७ को मृत्यु (अपडेट)

नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर ७ सिँटाङबाट वडा नम्बर १ घ्याङफेदीको  सिसिपु जाँदै गरेको मिनी ट्रक दुर्घटना भएको छ।

स्याउरेभूमिको मासिक आम्दानी ७० हजार

ग्रामीण भेगको टुकी बत्तीलाई विस्थापित गर्न नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा स्थापना भएको स्याउरेभूमि लघु जलविद्युत् आयोजनाले मासिक ७० हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहेको छ । २०५६ देखि स्थानीयलाई उज्यालो दिँदै आएको आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले खरिद गरेसँगै राम्रो आम्दानी हुन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्