१० मंसिर २०८१ सोमबार
image/svg+xml

माघ अन्तिम साता झिल्टुङ क्रस कन्ट्री

गत संस्करणको उपाधि पुरुषतर्फ १३औं सागका स्वर्णविजेता किरण बोगटी र महिलातर्फ पुष्पा भण्डारीले जितेका थिए।

पुड्केको जुक्ति...

अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किनेको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो। उसले रातेविरुद्ध सहजै जीत हासिल गर्‍यो। ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गरेका थिए।

नुवाकोटका दुई स्थानीय तहमा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

तत्कालिन श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा नुवाकोटको दुई स्थानीय तहले आइतबार सार्वजनिक बिदा दिएको छ।

नुवाकोट महोत्सव हुने

‘धार्मिक ऐतिहासिक कला संस्कृतिको प्रवर्द्रधन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्रधन’ भन्ने नारा सहित आगामी माघ महिनामा छैटौँ नुवाकोट महोत्सव हुने भएको छ।

नयाँ नोटको अभाव

मागअनुसार प्राप्त नहुँदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ। नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो।

जात्रा हेर्न गएका युवा मृत अवस्थामा भेटिए

नुवाकोटको तादी गाउँपालिका–३ भोर्लेमा एक युवा मृत अवस्थामा भेट्टिएका छन्। तादी गाउँपालिका– २ रालुकादेवीका २३ वर्षीय  विजय कट्टेल मृत अवस्थामा भेटिएका हुन्।

एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नुवाकोटमा

एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नेत्रविक्रम चन्द नेतृत्व समूहका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्कीलाई आज नुवाकोट ल्याइएको छ।

संकटालाई हराउँदै उपाधि आयोजक नुवाकोट-११ को पोल्टामा

शुक्रबार बट्टारमा सम्पन्न दोस्रो नुवाकोट गोल्ड कपको उपाधि घरेलु टोली नुवाकोट ११ ले हात पारेको छ।

छिमेकीसँग भूकम्पले छुटायो, एकीकृत बस्तिले जुटायो

विनासकारी भूकम्प २०७२ बाट विस्थापित भएका भाल्चेबेशी तान्दु्रङका परिवारहरु आश्रय खोज्दै यत्रतत्र छरिए। एकै धाराको पानी खाएर मेलापात गर्दै सुख दु:ख साटेर जीवन यापन गरिरहेका तान्दु्रङवासीहरु कोलोनी, त्रिशुली, विदुर, बट्टार मात्र नभई काठमाडौँसम्म छरिए।

अतिक्रमित सार्वजनिक जग्गा एक वर्षभित्र हटाउने निर्णय

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको अध्यक्षतामा भएको सरकारी स्वामित्वमा रहेका सार्वजनिक जग्गा संरक्षणसम्बन्धी सर्वपक्षीय बैठकले नगरपालिका र गाउँपालिकाभित्रका सार्वजनिक जग्गाको संरक्षरण र अतिक्रमण हटाउने कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो ।

आर्थिक वर्षको ८ महिनामा २ सय ३७ वटा मुद्दा फर्स्यौट

नुवाकोट जिल्ला अदालतमा आर्थिक वर्ष सुरु हुँदा २ सय ४९ वटा मुद्दा फर्स्यौट हुन बाँकी रहेका थिए। फागुन मसान्त सम्ममा ३ सय ८ वटा नयाँ मुद्दा थपिए।

जातीय घरमा दर्शकको आकर्षण

खरले छाएको पुरानो शैलीको सानो घर । घरको बार्दलीमा राखिएको ढ्याङ्ग्रो, लावा, पिर्कामा सगुनसँगै राखिएको टटेलाको फूल, वरीपरी टाँगिएको लुङ्तर (तोरण), आँगनमा गाडिएको धज्र्यो लगायतका सामाग्रीले त्यो घर तामाङ जातिको हो भन्ने सजिलै चिन्न सकिन्छ।

प्रथम नुवाकोट आदिवासी महोत्सव तयारी पूरा

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिसद नुवाकोटले शुक्रबारदेखि २६ गतेसम्म गर्न लागेको प्रथम नुवाकोट आदिवासी महोत्सवको तयारी पूरा भएको छ।

किसानलाई कृषि उपकरण

कृषिमा आधुनिकता भित्र्याउनुपर्छ, लागतभन्दा उत्पादन बढाउनुपर्छ भन्ने आवाज उठिरहेका बेला शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले शिवपुरी गाउपालिकाका वडा नम्बर १ र २ का किसानलाई लक्षित गरी कृषि उपकरण वितरण गरिएको छ।

स्वयंसेविका : ईटाले हानेर खेदे । धेरै जसोले कण्डम माग्छन् ।

स्वयंसेविकाहरू अहिले धेरै जसो स्थानिय महिलाहरुले अस्थायी साधनमा कण्डम, पिल्स ल्याइदिन अनुरोध गर्ने गरेको बताउछन् । पहिला आफुलाइ चाहिने अस्थायी साधनहरुका बारेमा पनि महिलाहरु भन्न सक्दैनथ्ये ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्