१४ आश्विन २०८१ सोमबार
image/svg+xml

प्लाजा ‘ए’ लाई उपाधि

आयोजक सोल्टी क्राउन प्लाजा ‘ए’ ले बिहीबार सोल्टी सेलेब्रेसन इन्टरहोटल फुटसल प्रतियोगिताको उपाधि जितेको छ। कुमारी फुटसल पकनाजोलमा भएको फाइनल खेलमा सोल्टीले र्याडिसन होटललाई ७–२ गोलले पराजित गर्दै उपाधि जितेको हो।

हस्पिटल फुटसल सुरु

पहिलो संस्करणको महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ शुक्रबार सुरु हुने भएको छ। ‘खेल खेलौं र स्वास्थ्य बनौं’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता दुई दिनसम्म चल्नेछ।

पूर्व खेलाडी डि–मारियाको गोलमा रियल पराजित, युभेन्टस रोकियो

पिएसजीको जितमा म्याड्रिड कै पूर्व खेलाडी एन्जल डि मारिया नायक बने। उनले खेलमा दुई गोल गरे। पिएसजी आफ्ना स्टार खेलाडीहरू केलिएन एमबाप्पे, एडिसन काभानी तथा नेइमार बिना नै मैदानमा उत्रेको थियो।

चौथो ताम्राकार फुटसल हुने

ताम्राकार समाजले विगत चार वर्षदेखि नियमित रूपमा गर्दै आइरहेको ताम्राकार फुटसल प्रतियोगिताको चौथो संस्करण यस वर्ष आश्विन ४ र ११ गते शनिबार सानेपास्थित फिल्ड फुटसल ग्राउन्डमा हुने भएको छ।

अन्तरहोटल फुटसल बिहीबार

सोल्टी क्राउन प्लाजा काठमाडौंको आयोजनामा एकदिने अन्तरहोटल फुटसल प्रतियोगिता हुने भएको छ। सोल्टी सेलिब्रेसन कपको नाम दिइएको प्रतियोगितामा आयोजकको दुई टोलीसहित १० होटलले सहभागिता जनाउँदै छन्।

लिटिल एन्जल्सलाई अन्तरस्कुल फुटसल उपाधि

पाँचाैँ सुशील केडिया मेमोरियल अन्तरस्कुल फुटसल प्रतियोगिताको उपाधि लिटिल एन्जल्स स्कुलले जितेको छ।

फुटसल टोली घोषणा

कात्तिक पहिलो साता इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपालले २५ सदस्यीय प्रारम्भिक राष्ट्रिय फुटसल टोलीको घोषणा गरेको छ।

पोखरामा ‘स्पोर्टस क्यासल सञ्चालन

पोखरा महानगरपालिका–४ रामकृष्णटोलमा साढे छ रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल मैदान तथा व्यायामशाला सहितको ‘स्पोर्टस क्यासल’ सञ्चालनमा भएको छ।

हाप्किडो राष्ट्रिय प्रतियोगिता हुने

रोल्पा मार्सल आटर््स हाप्किडो संघले ‘सहिद स्मृति मार्सल आर्टस हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’ गर्ने भएको छ । आयोजकले सोमबार सदरमुकाम लिवाङमा पत्रकार सम्मेलन गर्दै आउँदो कात्तिक १ र २ गते परिवर्तन गाउँपालिकाको पुत्लाचौरमा उक्त प्रतियोगिता सम्पन्न गरिने जानकारी दिएको हो । आयोजकका अनुसार खेल सम्पन्न गर्नका लागि रोल्पा मार्सल आर्टस हाप्किडो संघले तयारी सुरु गरिसकेको छ ।

टोरोन्टोका नेपाली बालबालिकालाई सकर प्रशिक्षण

टोरोन्टो नेप्लिज स्पोर्टस क्लबले आयोजना गरेको चार महिना लामो ‘सकर प्रशिक्षण’आइतबार सम्पन्न भएको छ। ग्रेटर टोरोन्टो क्षेत्रमा बस्ने नेपाली समुदायका बालबालिकालाई लक्षित गरि आयोजना गरिएको यो तालिममा ७ देखि १४ वर्षका ६८ नेपाली बालबालिका सहभागी भए।

तटस्थ खेलस्थल माग

भारतले दुई राष्ट्रबीच बढ्दो राजनीतिक तिक्तताको कारण देखाउँदै अन्तर्राष्ट्रिय टेनिस संघ (आइटिएफ) लाई पाकिस्तानविरुद्धको निर्धारित डेविस कपको खेल तटस्थ स्थानमा सार्न आग्रह गरेको छ।

एम्माले सुरु गरिन् परामर्श लाइन

अभिनेत्री एम्मा वाटसनले कार्यक्षेत्रमा हुने यौन उत्पीडनलाई निरुत्साहित गर्न कानुनी परामर्श लाइन सुरु गरेकी छिन्। ‘टाइम्स अप युके’ अभियानले कार्यक्षेत्रमा काम गर्ने महिलाहरूलाई प्रोत्साहित गर्न त्यसभित्र हुने हिंसाविरुद्ध निशुल्क परामर्श सुरु गरेको हो।

एनआइसी र मेगा अन्तिम आठमा

एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा शनिबारबाट सुरु पहिलो स्कोडा अन्तरबैंक फुटसल प्रतियोगितामा एनआइसी एसिया र मेगा बैंकले अन्तिम ८ मा स्थान पक्का गरेका छन्।

अन्तर बैंक फुटसल हुने

एक्टिभ स्पोर्टस कम्प्लेक्सको आयोजनामा शनिबारबाट पहिलो स्कोडा अन्तर बैंक फुटसल हुने भएको छ। मोरङ अटो वर्कसपको मुख्य प्रायोजनमा हुने प्रतियोगिता एक्टिभ स्पोर्टस कम्प्लेक्स ढोलाहिटी पाटनमा हुनेछ। प्रतियोगिताअन्तर्गत शनिबार समूह चरणका खेलहरू हुनेछन्। प्रतियोगितामा सहभागी २० बैंकलाई चार समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहमा ५ टोली छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्