१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

हस्पिटल फुटसल सुरु

काठमाडौं– पहिलो संस्करणको महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ शुक्रबार सुरु हुने भएको छ। ‘खेल खेलौं र स्वास्थ्य बनौं’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता दुई दिनसम्म चल्नेछ। 

प्रतियोगितामा उपत्यकाका २१ सरकारी तथा निजी हस्पिटलको सहभागिता रहनेछ। लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।

प्रत्येक समुहमा तीन टोली सहभागी छन्। समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन्। प्रतियोगिताको विजेताले उपाधिसहित ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ।  उद्घाटन खेलमा निदान हस्पिटल र तिलगंगा हस्पिटल भिड्नेछन्। 

प्रतियोगितामा निदान र तिलगंगासहित सुमेरु हस्पिटल, नेपाल एपिएफ, बयोधा हस्पिटल, विनायक हस्पिटल, स्टार हस्पिटल, मध्यपुर हस्पिटल, सिभिल हस्पिटल, मेट्रो आई केयर, ट्रमा सेन्टर, नेपाल पुलिस हस्पिटल, मेट्रो हस्पिटल, नेपाल क्यान्सर हस्पिटल, अल्का हस्पिटल रहेका छन्।

त्यस्तै मातृका आई सेन्टर, नेसनल क्यान्सर जावलाखेल, नर्भिक हस्पिटल, काठमाडौं मोडेल, नेपाल नेसनल हस्पिटल, हिमाल हस्पिटलको सहभागिता रहनेछ। 

प्रकाशित: ३ आश्विन २०७६ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App