१४ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल कठिन समूहमा

नेपाल एएफसी फुटसल च्याम्पियनसिप २०२० छनोटको कठिन समूहमा परेको छ। बिहीबार क्वालालाम्पुरमा भएको ड्रमा नेपाल सेन्ट्रल एन्ड साउथ जोनको समूह ए मा परेको हो। नेपालले समूह ‘ए’ मा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

आयाक्सका डी लीट युभेन्टसमा अनुबन्धित

नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लीट इटालीको च्याम्पियन युभेन्टस फुटबल क्लबमा अनुबन्धित भएका छन्।

नेपाल जलवायु परिवर्तनको ‘हटस्पट’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले नेपाल जलवायु परिवर्तनको हटस्पट भएको बताएका छन्। शुक्रबार संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चमा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन्। संयुक्त राष्ट्रसंघको आयोजनामा दीगो विकास सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले नेपालले नगन्य रुपमा कार्बन उत्सर्जन गर्दा पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव सहनु परेको बताए।

पल्सर स्पोर्टसः युकेश र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उकृष्ट पुरुष खेलाडीको पुरस्कार प्याराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुटबलकी सावित्रा भण्डारीले पाउन सफल भएका छन्।

टिप्परले ठक्कर दिँदा एककाे मृत्यु

मध्यपुर थिमि नगरपालिका–४, राधेराधे चोकमा आज टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालकको मृत्यु भएको छ।

शुक्रबारदेखि खुला कराते तथा किक बक्सिङ

मनमैजु स्पोर्टस क्लब र मैनमैजु डोजोको संयुक्त आयोजनामा असार ६ र ७ गते खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको चौथो संस्करण हुने भएको छ।

चामुण्डा स्नुकर असार २२ देखि

चामुण्डा स्पोर्टस क्लबको आयोजनामा प्रथम चामुण्डा अल नेपाल स्नुकर प्रतियोगिता असार २२ देखि साउन १ गतेसम्म हुने भएको छ।

चेल्सीद्वारा कोर्ट अफ आर्बिट्रेसनमा अपिल

दुई ट्रान्सफर विन्डोको प्रतिबन्ध फुकुवाका लागि इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस्(सिएएस)मा अपिल गरेको छ।

चण्डेश्वरी र लर्ड बुद्ध च्याम्पियन

चण्डेश्वरी एकेडेमी र लर्ड बुद्ध इन्स्टिच्युट प्रथम लुम्बिनी फुटसल प्रतियोगिताको च्याम्पियन भएका छन् । बिहीबार चुच्चेपाटीस्थित लुम्बिनी कलेजको फुटसल मैदानमा भएको खेलमा चण्डेश्वरीले छात्र तथा लर्ड बुद्धले छात्रातर्फको उपाधि जितेका हुन् ।

पल्सर स्पोर्टस अवार्डलाई केल्मीको साथ

असार तेस्रो साता आयोजना हुने पल्सर स्पोर्टस अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहीबार पोसाक कम्पनी केल्मीसँग प्रायोजन सम्झौता गरेको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आधिकारिक पोसाकको रूपमा कामारु ट्रेडिङ प्रालिको केल्मी नेपालसँग तीन वर्षको प्रायोजन सम्झौता गरेको हो।

चण्डेश्वरी र लर्डबुद्ध प्रथम लुम्बिनी फुटसलको च्याम्पियन

चण्डेश्वरी एकेडेमी र लर्डबुद्ध इन्सिच्युट प्रथम लुम्बिनी फुटसल प्रतियोगिताको च्याम्पियन भएका छन्। विहीबार चुच्चेपाटीस्थित लुम्बिनी कलेजको फुटसल मैदानमा भएको खेलमा चण्डेश्वरीले छात्र तथा लर्डबुद्धले छात्रातर्फको उपाधि जितेका हुन्।

पल्सर स्पोर्टस् अवार्ड– सहप्रायोजक संस्थासँग सम्झौता

पल्सर स्पोर्टस् अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले आज २ सहप्रायोजक संस्थासँग सम्झौता गरेको छ। मञ्चले एभिन्युज टेलिभिजनसँग सम्झौता नवीकरण तथा केल्मी नेपालसँग सम्झौता गरेको हो।

प्रि–क्वार्टर समीकरण पूरा

नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ मा समूह ‘सी’ बाट शिलापत्र र जनता टिभी प्रि–क्वार्टरफाइनल पुगेका छन्। सानेपामा रहेको फिल्ड फुटसलमा बुधबार गोरखापत्र संस्थानले खेलाडी नपठाएपछि शिलापत्रले समूहविजेता बन्दै प्रि–क्वार्टरफाइनल स्थान सुरक्षित ग-यो।

आन फुटसलमा शिलापत्र र जनता टिभी प्रि क्वार्टरफाइनलमा

नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी दोस्रो ‘नेपालआईस आन फुटसल टुर्नामेन्टमा समूह ‘सी’बाट शिलापत्र र जनता टिभी प्रि क्र्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्।

‘स्याङ्जा कप भलिबल’को उपाधि आँधीखोला क्लबलाई

आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्