७ पुस २०८१ आइतबार
image/svg+xml

थ्रेसहोल्ड विवादले उपसमितिमै अड्कियो विधेयक

राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा खसेको कुल मतको निश्चित प्रतिशत पाउनुपर्ने प्रावधान (थ्रेसहोल्ड) राख्ने विषयमा दलहरूबीच कुरा नमिलेपछि 'राजनीतिक दलसम्बन्धी विधेयक' उपसमितिमै अड्केको छ।

उपसमितिले माग्यो लोकमान सिंह कार्कीका निर्णयहरू

संसद्को महाभियोग सिफारिस समितिअन्तर्गतको उपसमितिले सर्वोच्च अदालतबाट अयोग्य ठहरपछि पदमुक्त अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियुक्तिपछि गरेका निर्णय र दिएका निर्देशनको विवरण मगाएको छ।

केयु परीक्षामा भएको हस्तक्षेपको छानविन गर्न पाँच सदस्य उपसमिति गठन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विश्वविद्यालय –केयु( को एमडी/ एमएस प्रवेश परीक्षामा हस्तक्षेपको गरेको विषयमा छानविन गर्न संसदको सुशासन तथा अनुगमन समितिले उपसमिति गठन गरेको छ। मंगलबार बसेको समितिको बैठकले पाँच सदस्यीय उपसमिति गठन गरेको हो। समितिमा जनकराज जोशी, उदय नेपाली श्रेष्ठ, नरसिंह चौधरी पद्मनारायण चौधरी तथा मिलनकुमारी राजवंशी रहेको उपसमिति गठन गरेको हो।

उपसमितिले बुझायो प्रतिवेदन

पूर्व पदाधिकारीको सेवा सुविधा अध्ययन गर्न बनेको उपसमितिले सोमबार प्रतिवेदन बुझाएको छ। व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिलाई अध्ययन उपसमितिले प्रतिवेदन बुझाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्