भारतसँगको वाणिज्य सन्धि नवीकरण
नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि आजदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ । दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने हेतुले विसं २०६६ असोज ११ गतेदेखि लागू भएको उक्त सन्धिको सातवर्षीय अवधि बुधबार मात्रै समाप्त भएको थियो ।