६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

पाकिस्तान सधैं शान्तिको पक्षमा: शरीफ

पाकिस्तानका प्रधानमन्त्री नवाफ शरीफले पाकिस्तानले शान्ति चाहेको र आफूहरु सधैं शान्तिको पक्षमा रहेको बताएका छन्। बुधबार संसद बैठकलाई सम्बोधन गर्दै शरीफले आफ्नो देशले सधैं शान्तिको पक्षमा रहेको बताएका हुन्। उनले भने, ‘पाकिस्तान आफै आतंकबादबाट पीडित छ भने उसले कसरी आतंकबादलाई प्रोत्साहन दिन सक्छ, यो हामीलाई छिमेकीले दुस्मनी साध्न लगाएको झुटो आरोप मात्र हो।’

विश्वकप कबड्डी खेल्न पाकिस्तान निषेधित

अन्तर्राष्ट्रिय कबड्डी फेडरेशन आइकेएफले भारतमा हुने विश्वकप कबड्डीमा पाकिस्तानलाई सहभागी हुन निषेध गरेको छ। आइकेएफलका प्रमुख देवराज चर्तुवेदीले भारत–पाकिस्तानबीच जारी तनावका कारण पाकिस्तानलाई प्रतियोगीतामा सहभागी हुन निषेध गरेको बताए।

पाकिस्तानी कलाकारको पक्षमा राधिका

भारत–पाकिस्तानबीचको तनाव बढेसँगै पाकिस्तानी कलाकारलाई भारतीय फिल्ममा काम गर्न रोक लगाएको विरोधमा बलिउडका कलाकार खडा भएका छन्। सुरुमा अभिनेता सलमान खानले पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न रोक लगाएको विरोध गरेका थिए।

भारतलाई पाकिस्तानको चेतावनी- खोक्रो धम्कीबाट डराउँदैनौं

भारतसँगको तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले राष्ट्रिय सुरक्षा कमिटीको बैठक बोलाएर भारतलाई धेरै धम्कीपूर्ण भाषा प्रयोग नगर्न चेतावनी दिएका छन्। स्थल सेना प्रमुख तथा गुप्तचर निकाय आइएसआइका प्रमुख सहभागी बैठकमा प्रधानमन्त्री शरीफले भारतको धम्की र उत्ताउतोपनादेखि डराउन आवश्यक नभएको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

पाकिस्तान युद्धको तयारीमा, भारत सतर्क अवस्थामा

भारतसँगको विवाद उत्कर्षमा पुगेका बेला पाकिस्तानले १३ दिनसम्म कराजी र लाहोरको एअरस्पेस बन्द गर्न लागेको छ। दुवै एअरस्पेस ८ अक्टोबरदेखि दुई हप्ताकालागि बन्द गर्न लागिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

पाकिस्तानी कलाकारको पक्षमा बलिउड दिग्गज कलाकार ओम पुरी

बलिउड दबंग स्टार सलमान खानपछि बलिउडका दिग्गज अभिनेता ओम पुरी र निर्देशक नागेश कुकुनुर पनि पाकिस्तानीको समर्थनमा बोलेका छन्। ओम पुरीले कला र राजनीतिको अलग राख्नुपर्ने बताएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

सबै पाकिस्तानी नेता शरीफको पक्षमा, भारतलाई झड्का

पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले कश्मिरी स्वतन्त्रता आन्दोलन भारतको क्रुरताले नरोकिने बताएका छन्। उनले कश्मिर मुद्दामा पाकिस्तानी नेतृत्व एकमत रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सोमबार भएको उच्चस्तरीय सर्वदलीय बैठकमा प्रधानमन्त्री शरीफले भने, ‘ आत्मनिर्णयको अधिकारकालागि कश्मिरको आन्दोलन जायज र संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार छ।’

पाकिस्तानको जासुसी परेवा भारतमा पक्राउ, मोदीलाई गाली गरेको पत्र परेवाको खुट्टामा

भारतीय प्रधानमन्त्री नरेन्द्रलाई गाली गरेको पत्र बोकेको एउटा पाकिस्तानी परेवालाई भाारतीय सीमा सुरक्षा गार्डले पक्राउ गरेको भारतीय संचार माध्यमले जनाएका छन्।

भारत-पाकिस्तान तनाबले पोखराको पर्यटन व्यवसाय प्रभावित

भारत-पाकिस्तानबीच द्वन्द्व चर्किदै जाँदा त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ। जारी सिजनमा नेपाल आउने तयारीमा रहेका कतिपय विदेशी पर्यटकले दुई देशबीचको द्वन्द्वलाई कारण देखाउँदै भ्रमण सुरक्षामा आशंका गर्न थालेका छन्।

दिवासपना नदेख्न भारतलाई पाकिस्तानको चेतावनी

पाकिस्तानी सेनाले भारतलाई पाकिस्तानमाथि आक्रमण गरेको दिवासपना नदेख्न चेतावनी दिएको छ। पाकिस्तानी सेनाका सूचना विभागका निर्देशक आसिम सलिमले भारतले पाकिस्तानमाथि सर्जिकल स्ट्रइक्स गरेको झुटो दाबी गर्दै विश्वलाई अन्धकारमा पार्न खोजेको आरोप लगाए।

चीनले रोक्यो भारत जाने पानी, पाकिस्तानमा राहात, भारत थप समस्यामा

उरी हमलालाई लिएर भारत–पाकिस्तानको तनाव बढेको बेलमा चीनले भारतलाई थप समस्यामा पारेको छ। चीनले आफ्नो सबेैभन्दा ठूलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्ह्पुत्रको एक साहायक नदी बन्द गरिदिएको छ। चीनको यस कदमले भारत लगायत अन्य देशमा ब्रम्ह्पुत्र नदीको पानीको बहाबमा कमी आउने बताइएको छ।

पाकिस्तानमा भारतीय चलचित्र प्रतिबन्ध

भारत–पाकिस्तान तनावको प्रत्यक्ष असर कलाकर्मी र चलचित्रमा परेको छ। शुक्रबार इण्डियन मोसन पिक्चर्स प्रोड्युर्शस् एसोसिएसन आइएमपिपिएले भारतीय चलचित्रमा पाकिस्तानी कलकारलाई अनुबन्धन गर्न प्रतिबन्ध लगाएको भोलिपल्ट पाकिस्तानका सिनेमा घरहरुले पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाएका छन्।

भारत-पाकिस्तान शान्तिवार्ता नेपालले गराउनुपर्छ : सांसद भण्डारी (भिडियो)

भारतले ६ महिनासम्म आफ्नै देशमाथि नाकाबन्दी गर्दा मौन रहेको संसदमा शुक्रबार भारत-पाकिस्तान मुद्दाले चर्चा पाएको छ। भारत र पाकिस्तानबीच बढ्दै गएको तनाब मत्थर पार्न नेपालले वार्ता गर्नुपर्ने आवाज संसदमा उठेको छ।

पाकिस्तानी कलाकारलाई भारत छाड्न उर्दी, कन्सर्टहरु धमाधम स्थगित

भारत–पाकिस्तानको विवाद उत्कर्षमा पुगेको समयमा भारतमा रहेका पाकिस्तानी कलाकार यसको चपेटामा परेका छन्। भारतीय निर्माताहरुको संगठन इन्डियन मोसन पिक्चर्स प्रोड्युसर्स (आइएमपिपिए) ले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लागउने निर्णय गरेको हो।

भारतविरुद्ध रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्रीले डाके सुरक्षापरिषद् बैठक

भारतसँगको विवाद बढेपछि पाकिस्तानले आफ्नो सुरक्षा रणनीति तय गर्न सुरक्षा समितिको बैठक बोलाएको छ। बिहीबार भारतले पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइक्स गरेको दाबी गरेपछि आफ्ना तयारी र सुरक्षा रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्री नवाफ शरिफले सुरक्षा समिति र मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्