६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

कुनै सर्जिकल स्ट्राइक्स भएको छैनः पाकिस्तान

भारत– पाकिस्तान नियन्त्रण रेखामा भारतीय सेनाले सर्जिकल स्ट्राइक्स गरेको दाबी गरिरहँदा पाकिस्तानले भने त्यसको खण्डन गरेको छ।

पाकिस्तानी भूमिमा घुस्यो भारतीय सेना, पाकिस्तान क्रुद्ध

भारतीय सेनाले पाकिस्तानी क्षेत्रमा प्रवेश गरी सर्जिकल स्ट्राइक गरेको र आफ्ना सैनिकको हत्याको बदला लिएको दाबी गरेको छ। भारतको रक्षा मन्त्रालय र विदेश मन्त्रालयको संयुक्त पत्रकार सम्मेलनमा सैनिक अधिकारीले उरी हमलामा मारिएका आफ्ना सैनिकको मृत्युको बदला लिएको बताएका हुन्।

भारतालाई पाकिस्तानको चेतावनी–बाह्य हस्तक्षेपसँग जुध्न पाकिस्तान सक्षम

भारतसँगको तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले आफ्नो देश कुनै आतंकवादी आक्रमण र बाह्य हस्तक्षेपसँग जुध्न सक्षम रहेको बताएका छन्। बुधबार उच्चस्तरीय सुरक्षा बैठकमा भाग दिएपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री शरिफले जस्तो सुकै परिस्थितिको समना गर्न पाकिस्तान तयार रहेको बताएका हुन्।

भारत–पाकिस्तानको टकरावले सार्क सम्मेलन प्रभावित

भारतले हाल सार्कको अध्यक्ष नेपाललाई यसबारे जानकारी दिइसकेको छ। त्यस्तै बुधबार सार्क सदस्य बंगलादेश, भुटान र अफगानिस्तानले पनि विभिन्न कारण देखाउँदै सार्क सम्मेलनमा सहभागी नहुने संकेत गरेपछि पाकिस्तानको राजधानी इस्लामाबादमा नोभेम्बर ९ र १० मा हुने भनिएको १९ औ सार्क शिखर सम्मेलन अन्योलग्रस्त बनेको छ।

पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई मुशर्रफको चेतावनी

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुश्र्रफले पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका छन्। भारतीय टेलिभिजन आजतकसँगको एक अन्तरवार्ताका क्रममा मुशर्रफले पाकिस्तान एक शक्तिशाली राष्ट्र भएको भन्दै नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका हुन्।

चीनले पाकिस्तानको साथ नदिने

यदी भारत र पाकिस्तानबीच युद्ध भयो भने चीनले पाकिस्तानको साथ नदिने भएको छ। भारत–पाकिस्तानबीच युद्ध भयो भने चीनले पाकिस्तानको साथ दिने समाचार सार्वजनिक भएपछि चीनले सो समाचारको खण्डन गरेको हो।

पाकिस्तानलाई विश्व समुदायबाट अलग्याउन मोदीको आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएको अल इन्डिया रेडियोले जनाएको छ । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएका हुन् ।

सन् १९६५ को तुलनामा पाकिस्तान हजार गुणा बलियोः जमात ए इस्लामी

पाकिस्ताको कट्टरपन्थी पार्टी जमात ए इस्लामीले पाकिस्तानलाई कमजोर नआक्न भारतलाई चेतावनी दिएको छ। जमात ए इस्लामी पार्टीका प्रमुख नेता सिराजुल हकले भारतले पाकिस्तानलाई विभिन्न बहाना बनाई युद्धकालागि उक्साएको आरोप लगाएका छन्।

कस्मिर युद्धमा पाकिस्तानको साथ दिने चीनको संकेत

यतिबेला भारत र पाकिस्तानबीच विवाद उत्कर्षमा पुगेकाे छ। कस्मिरकाे विषयलाइ लिएर दुवै मुलुकबीचकाे विवादले उग्ररूप दिँदै गर्दा कस्मिर युद्ध भयाे भने चीनले भारतविरुद्धको कस्मिर युद्धमा पाकिस्तानको साथ दिने संकेत गरेको छ । पाकिस्तानबाट प्रकाशित हुने डान पत्रिकाका अनुसार चीनले पाकिस्तानलाई कुनै पनि छिमेकी राष्ट्रविरुद्ध सीमाको विषयमा हुने युद्धमा साथ दिने आश्वासन दिएको हो।

भारत विश्व समुदायबाट कश्मिरको ध्यान हटाउने प्रयारमा लागेको पाकिस्तानको आरोप

पाकिस्तानले कश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन भारतले आफ्ना बारेमा दुश्प्रचार गरेको आरोप लगाएको छ।

पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने भारतीय प्रधानमन्त्री मोदीको चेतावनी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएको अल इन्डिया रेडियोले जनाएको छ । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएका हुन् ।

भारत–पाकिस्तान विवाद उत्कर्षमा

काश्मिरको उडी क्षेत्रमा भएको हमलामा आफ्ना १८ सैनिक मारिएपछि भारत र पाकिस्तानको तनावले अझै उग्र रुप लिँदै गएको छ। भारतले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानले आतंकबादलाई संरक्षण तथा प्रोत्साहान गरेको भन्दै उसलाई आतंककारी राष्ट्र घोषणा गर्न दस्ताबेज पेश गरेपछि पाकिस्तान भारतसँग झनै चिडिएको छ।

मेड इन पाकिस्तान मेला सुरू

त्रिपुरेश्वरस्थित वल्र्ड टे«ड सेन्टरमा बिहीबारबाट ‘मेड इन पाकिस्तान’ मेला सुरु भएको छ। रावलपिण्डी चेम्बरअफ कमर्शको आयोजना सुरु भएको उक्त मेलामा पाकिस्तानमा निर्मित छालाजन्य वस्तु तथा कपडा र कस्मेटिकलगायतका सामानहरु राखिएका छन्।

भारतले पाकिस्तानलाई आतंककारीको देश भनेपछि...

भारतले पाकिस्तानलाई आतंककारीको राष्ट्रको संज्ञा दिएको छ। न्युयोर्कमा जारी राष्ट्रसंघको ७१ औं महासभालाई सम्वोधन गर्दै भारतीय प्रतिनिधि मण्डलकी प्रमुख इनाम गाम्भिरले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिइरहेको र उसले आतंकबाद विस्तारका लागि लाखौं डलर खर्चने गरेको आरोप लगाइन्।

पाकिस्तानमा रेल दुर्घटना, ६ जनाको मृत्यु

पाकिस्तानमा बिहीबार भएको रेल दुर्घटनामा परी ६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्