७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

खोटाङमा १०५ विद्यार्थी एसइई दिन अयोग्य

विद्यालयमा नियमित उपस्थित नहुने खोटाङका सयभन्दा बढी विद्यार्थीले एसइई (एसएलसि) परीक्षा दिन नपाउने भएका छन्।

खोटाङका ३५ गाविसमा पुनर्निर्माण सर्वेक्षण

खोटाङका ३५ गाविसमा भूकम्पपछिको पुनर्निर्माणका लागि सर्वेक्षण सकिएको छ। एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका र ३५ गाविसका भूकम्पपीडितको नामावली संकलन, प्रमाणीकरणलगायतको काम सकिएको हो।

राप्रपा खोटाङको अध्यक्षमा श्रेष्ठ

राप्रपा खोटाङको अध्यक्षमा जीवन श्रेष्ठ चयन भएका छन्। बुधबार राति सम्पन्न अधिवेशनले राप्रपाको ५५ सदस्यीय जिल्ला समिति गठन गरेको हो। राप्रपाको सहअध्यक्षमा ललितकुमार राई सर्वसहमत चयन भएका छन्।

खोटाङमा फेरि युवतीको बलात्कार पछि हत्या

खोटाङमा भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको बिभत्स हत्या भएको केही दिन नबित्दै पुःन अर्की युवतीको बिभत्स हत्या भएको छ। बिभत्स हत्या गरिएको अवस्थामा महतको शव भेटिएको पाँच दिन नबित्दै खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङ शंकास्पद अवस्थामा मृत फेला परेकी छन्।

'इटहरी जान्छु' भन्दै हिँडेकी युवतीको विभत्स शव खोटाङमा भेटियो

भोजपुरकी युवती खोटाङको डम्बर्खुशिवालयमा विभत्स अवस्थामा मृत फेला परेकी छन्। भोजपुर नगरपालिका कोदारकी अन्दाजी २८ वर्षीया युवती सुमिना महत डम्बर्खुशिवालय-१ स्थित काभ्रेखोलामा मृत अवस्थामा मृत फेला परेकी हुन्।

निर्वाचनका लागि खोटाङमा १२ अाेटा दल दर्ता

जिल्ला निर्वाचन कार्यालय खोटाङमा १२ वटा दलले आफ्नो नाम दर्ता गराएका छन्। स्थानीय तहको चुनावलाई लक्षित गर्दै नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेकपा माले, नेपाली कांग्रेस, राप्रपा, नयाँ शक्ति नेपाल, संघीय समाजबादी फोरम, नेकपा माले–जनसमाजबादी, चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रीन अर्गनाइजेसन र खम्बुवान राष्ट्रिय मोर्चाले आफ्नो दल दर्ता एवं विवरण अद्यावधिक गराएका हुन्।

खोटाङमा बुनेका कपडा युके सम्म

हिजोआज खाँडीको कपडा बुन्ने र लगाउने चलन हराउँदै गएको छ। झन् यसको व्यवसाय गर्नु भनेको त एकादेशको कथा जस्तै बनिसकेको छ। तर, खोटाङको याम्खा–९ राटामाटाका महिलाहरु हराउँदै गएको खाँडी व्यवसायलाई व्युझाएर बिगत आठ वर्षदेखि राम्रो आम्दानी गर्दैआएका छन्।

खोटाङलाई चार स्वर्णसहित १५ पदक

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय प्रतियोगीतामा खोटाङले चार स्वर्णसहित १५ पदक जितेको छ। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सोमबार र मंगलबार बिराटनगरको शहिद रंगशालामा आयोजित क्षेत्रीय छनौट प्रतियोगीतामा खोटाङले ४ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेको हो।

प्रधानमन्त्री दाहाल खोटाङमा

भौतिक विकासकोे अवस्था अनुगमन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल खोटाङ आइपुगेका छन्। मध्यपहाडी लोकमार्ग, जिल्लाको विकास तथा सेवा प्रवाहलगायतको अवस्था निरीक्षणका क्रममा प्रधानमन्त्री दाहाल सदरमुकाम दिक्तेलमा आइपुगेका हुन्।

खोटाङमा दश वटा स्थानीय तह बनाउन सिफारिस

खोटाङमा १० वटा स्थानीय तह बनाउने टुंगो लगाइएको छ। स्थानीय तह पुर्नसंरचना प्राबिधिक सहयोग समितिको संयोजनमा राजनैतिक दलका प्रमुख सम्मिलित बैठकले दुई दिन लगाएर दुई नगरपालिका र आठ गाउँपालिका बनाउने टुंगो लगाएको हो।

मासु र अन्डामा आत्मनिर्भर बन्दै खोटाङ

कृषि सहकारीबाट उत्पादन हुन थालेपछि कुखुराको अन्डामा खोटाङ आत्मनिर्भर बन्दै गएको छ। २०६९ सालमा दिक्तेल नगरपालिका–२ मा ३१ जना व्यवसायीको संयुक्त लगानीमा सुरु गरिएको कालिका कृषि सहकारी संस्थाले उत्पादन गरेको अन्डाले जिल्लालाई आत्मनिर्भर बनाउँदै लगेको हो।

संघीय समाजबादी फोरमका खोटाङ पूर्वअध्यक्ष र उपाध्यक्ष नयाँ शक्तिमा

संघीय समाजबादी फोरम नेपाल खोटाङका पूर्वअध्यक्ष सुर्यबहादुर राई र पूर्वउपाध्यक्ष मोहन गुरुङ बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन्। लामो समयदेखि पार्टीमा निस्क्रिया रहेका पूर्वअध्यक्ष र पूर्वउपाध्यक्ष गुरुङ नयाँ शक्तिमा प्रवेश गरेका हुन्। उनीहरुसँगै पार्टीका सचिवालय सदस्य किशोर राई, अगमसिं राईलगायतका नेता तथा कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका छन्।

खोटाङबजारमा ल्याण्डलाइन फोन बिस्तार

खोटाङको पूरानो सदरमुकाम मानिने खोटाङबजारमा ल्याण्डलाइन फोन बिस्तार गरिएको छ। दक्षिणी क्षेत्रको मूख्य व्यपारिक केन्द्रका रुपमा रहेको खोटाङबजारमा फोन र ईन्टरनेट सेवाको पहुँच बिस्तारका लागि नेपाल टेलिकम शाखा दिक्तेलले ल्याण्डलाइन फोन बिस्तार सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्