२ माघ २०८१ बुधबार
image/svg+xml

वन्यजन्तु तस्करी नियन्त्रणमा बेलायतले सघाउने

नेपालका लागि बेलायती राजदूत रिजर्ड मरिसले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शिष्टाचार भेट गरेका छन्।

बेलायतको स्थानीय निर्वाचनमा नेपाली उम्मेदवार विजयी

बेलायतमा बिहीबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका लक्ष्य गुरुङ विजयी भएका छन्। गुरुङले  प्रमुखप्रति पक्ष दल लेबरका उम्मेदवारलाई परास्त गर्दै आफ्नो सिट सुरक्षित गरेका हुन्।

पाकिस्तानी ड्राइभरका छोरा बने बेलायतको गृहमन्त्री !

बेलायतकी प्रधानमन्त्री थेरेजा मेले पाकिस्तानी मुलका साजिद जाविदलाई देशको नयाँ गृहमन्त्री नियुक्त गरेकी छिन्।

भूपू गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायतसँग वार्ता गर्छुः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताएका छन्।

बेलायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा. अधिकारी

लायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा. कृष्ण अधिकारी निर्वाचित भएका छन्। आगामी ४ बर्षको लागि अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भए।

नरेन्द्र मोदीविरुद्ध ग्रेटर नेपालद्वारा बेलायतमा उजुरी

बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध उजुरी गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई एक पत्र पठाएको छ। मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विहीबार बेलायती राजदूतावासका डेपुटी एम्बेसेडर ब्यारी डेभिडसनमार्फत मोदीविरुद्ध बेलायतमा उजुरी दिएको हो।

बेलायतको स्थानीय निर्वाचनमा नेपाली मुलका उम्मेदवार

बेलायतको स्थानीय निर्वाचनमा एक महिलासहित आधा दर्जनभन्दा बढी गैरआवासीय नेपालीले उम्मेदवारी दिएका छन्। आगामी ३ मेमा हुने स्थानीय निर्वाचनमा हन्स्लो, बार्नेट, इलिङ, हार्ट डिस्ट्रिकलगायतको क्षेत्रबाट नेपालीहरुले पनि उम्मेदवारी दर्ता गरेका हुन्।

थप आक्रमण गर्ने योजना छैन : बेलायत

सिरियामाथि थप क्षेप्यास्त्र हमला गर्ने योजना नभएको बेलायती विदेशमन्त्री बोरिस जनसनले आइतबार बताएका छन्।

सिरियामा अमेरिका, बेलायत र फ्रान्सको संयुक्त आक्रमण सुरु

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेका जनाइएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरू सुनिएका छन्।

रासायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैन : बेलायती प्रधानमन्त्री

सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई नछोडिने बताएकी छिन्।

संयुक्त अनुसन्धान गर्ने रुसी प्रस्ताव ‘जिद्दीपन’ : बेलायत

बेलायतको राजधानी लन्डनको साल्सबरीमा एक पूर्वरुसी गुप्तचर र उनकी छोरीमाथि गत महिना भएको विष आक्रमणबारे संयुक्त रूपमा अनुसन्धान गर्नेबारे रुसले राखेको प्रस्ताव ‘जिद्दीपन’ भएको बेलायतले जनाएको छ।

अध्यक्ष ओली र बेलायती रक्षाराज्मन्त्री ल्यानकाटर बीच भेट

बेलायती रक्षाराज्य मन्त्री मार्क ल्यानकाष्टरले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग मगलबार शिष्टाचार भेट गरेका छन्। सिंहदरवार स्थित एमाले संसदीय दलमा भएको भेटमा ल्यानक्यास्टरले अध्यक्ष ओलीलाई हालैको निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकोमा बधाइ तथा भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएको ओलीको सचिवालयले बताएको छ।

नेपालमा लगानी गर्न बेलायतलाई आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गरेका छन् ।

बेलायतका प्रधानमन्त्री चीनमा, व्यवसायिक सुधार मुख्य एजेन्डा

बेलायतकी प्रधानमन्त्री टेरेसा मे ३ दिने चीन भ्रमणका लागि बुधबार बेइजिङ आइपुगेकी छन्। उनले शुक्रबार विभिन्न व्यवसायिक एजेन्डासहित चीनका राष्ट्रपति सी जिनपीङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्