६ आश्विन २०८१ आइतबार
image/svg+xml

राज्यमन्त्री रावलद्वारा राजीनामा

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।

वित्तीय सम्मेलन मङ्सिरमा

सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आउँदो मङ्सिर २० गते वित्तीय सम्मेलन गरिने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

मागको ५० प्रतिशत कम गरी कोटा निर्धारण

सुदूरपश्चिम प्रदेशका किसानको मागभन्दा ५० प्रतिशत कम परिमाणमा कोटा बनाएर संघीय सरकारले रासायनिक मल पठाउने गरेको छ। सुदूरपश्चिममा तीन लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनका लागि वार्षिक रुपमा युरिया १५ हजार मेट्रिक टन, डिएपी १० हजार मेट्रिक टन र पोटास एक हजार मेट्रिक टन आवश्यक पर्छ।

पश्चिम सेती र माथिल्लो कर्णाली आफैं बनाउन सरकारसँग नेकपाको माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीले पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत परियोजना आफैं बनाउन सरकासँग माग गरेको छ।

सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन्। विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन्।

५५ दरबन्दीमा ३२ रिक्त, कामकाजमा समस्या

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीको आधाभन्दा कम कर्मचारी हुँदा दैनिक कामकाजमा समस्या परेको छ।

स्थायी राजधानी निर्णय भयो, निर्माण भएन

राजधानीस्थल तेघरी जंगल क्षेत्र तोकिएको एक वर्ष भए पनि अदालतमा मुद्दा विचाराधीन र संघीय सरकारले सो जग्गाको भोगाधिकार प्रदेश सरकारलाई हस्तान्तरण नगर्दा पूर्वाधार निर्माणको काम भएको छैन।

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

हरेक वर्ष असोज संक्रान्तिमा मनाइने बुढी पोल्ने पर्व डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बुधबार धुमधामका साथ मनाइँदै छ। प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको सम्झनामा भाद्र संक्रन्तीका दिनमा ठडाइएको लिंगो अर्थात बुढीलाई आज पोलेर बन्ढुनी पर्व डडेल्धुराका सबै गाउँबस्ती संगै सुदूरपश्चिम प्रदेशमा मनाइने गरिन्छ।

स्थानीय र प्रदेश सरकार मिलेर सुदूरपश्चिमको विकास गरौः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका दिनमा अरुका कारणले सुदूरपश्चिममा विकास नभएकाले अब स्थानीय र प्रदेश सरकार मिली विकास गर्नु पर्ने बताए।

सुदूरपश्चिममा २४ जनामा डेंगी

सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो।

यत्रतत्र छाडा चौपाया

स्थानीय तहको करोडौं रकम छाडा चौपाया व्यवस्थापनका नाममा खर्च गरिए पनि उपलब्धि शून्य बराबर भएको स्थानीय बताउँछन्। छाडा चौपायाका कारण किसानका अन्नबाली नोक्सान हुने, सडकमा दुर्घटना बढ्नुका साथै बजार फोहोर तथा अव्यस्थित हुने गरेको छ।

सुदूरपश्चिम प्रदेशमा २७ जनामा डेँगीको सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा डेंगीको सङ्क्रमण बढ्दै गइरहेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार दिउँसोसम्म प्राप्त विवरणमा यहाँ २७ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोे छ।

धनगढीमा मिटर ब्याजीको जालो

‘ठगी गर्ने मान्छेहरुलाई राजनीतिक र शक्तिमा रहेकाको संरक्षण हुनाले डरलाग्दो गरी मिटर ब्याजी धन्दा मौलाएको छ।’

शक्तिका आडमा अपराध, ठगीबाटै कैयौंको उठीबास

राजनीतिक दलका केही नेता, केही प्रहरी र शक्ति केन्द्रको आडमा आपराधिक घटनामा संलग्न व्यक्तिहरू सक्रिय रहेको बुझिएको छ। स्रोतका अनुसार बिहीबार राति पक्राउ परेको गिरोहको पनि केही प्रहरी अधिकारीसँग हिचमिच थियो। प्रहरी अधिकारी र शक्तिकेन्द्रनजिक रहेकाहरूका आडमा उनीहरूले राज्यलाई नै चुनौति दिनेगरी अर्बौंको ठगी निर्बाध रूपमै गरिरहेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्