अधिकारका लागि संघीय सरकार मात्र नभई संसदसँग पनि लड्नुपर्ने भयोः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको अधिकारका लागि संघीय संसदसँग पनि लडाईं लड्नुपर्ने अवस्था आएको उद्घोष गरेका छन्। गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशको अधिकारका लागि संघ सरकार सँगसँगै संघीय संसदसँगपनि लडाईं लड्नुपर्ने अवस्था आएको बताए।