१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बीपी राजमार्गमा ३२ सिटका बस र १६ टनका ट्रक–टिपरलाई गुड्न दिने सरकारको निर्णय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गको धुलिखेल–खुर्कोट–सिन्धुली सडक खण्डमा ३२ सिटसम्मका बस र १६ टनसम्मका ट्रक–टिपर गुड्न पाउने व्यवस्था गरेको छ।

राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ।  भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । “बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ”, उनले भनिन्, “अहिले बुबाको स्वास्थ्य राम्रो छ ।” छोरी अधिकारीका अनुसार सानो आन्द्रामा रगतका दुई फोका रहेका र ती फोकाको उपचार गरेपछि साना आन्द्राबाट रक्तश्राव रोकिएको हो ।”

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते

पूर्व पश्चिम राजमार्गमा पर्ने निजगढदेखि ५ किलोमिटर पूर्व एउटा मिनी ट्रक दुर्घटना भएको छ। दुर्घटनामा मिनी ट्रकमा रहेका दुई जना घाइते भएका छन्।

राजेश हमालले भेटे राष्ट्रकवि

महानायक राजेश हमालले राष्ट्रकवि माधव प्रसाद घिमिरेसँग भेट गरेका छन्। हमालले आन्तरिक रक्तश्राव भई ग्राण्डी अस्पतालमा उपचाररत राष्ट्रकवि घिमिरेलाई मंगलबार धापासीस्थित अस्पताल पुगेर भेट गरेका हुन्।

धादिङको बेनिघाटमा ट्रक खस्यो, १ को मृत्यु, २ घाइते

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोलाको पुलबाट ट्रक खस्दा १ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्।

अबैध ढुंगा ओसार्ने ट्रक र नदी उत्खनन् गर्ने एक्साभेटर नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध गतिविधि गर्नेप्रति निगरानी बढाएको छ। कार्यालयले मध्यरातको समयमा अबैध रुपमा पोखरातर्फ ढुंगा ओसार्ने दुई ट्रकलाई नियन्त्रणमा लिएको छ। आइतबार राती १२ बजेको समयमा प्रहरीले अबैध रुपमा कटिङ गरी म्याग्दीबाट पोखरातर्फ लैजादै गरेका दुई वटा ना७ख १८१७ र लु२ख ९५३ नम्वरका ट्रक नियन्त्रणमा लिएको हो।

राष्ट्रकवि घिमिरे ग्राण्डी अस्पतालमा भर्ना

राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्वास्थ्य स्थिति कमजोर भएपछि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। केही महिनादेखि अस्वस्थ घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको हो।

पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको समृद्धि : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताएका छन्।

धादिङमा ट्रक दुर्घटना, एकको मृत्यु, चार घाइते

कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबेसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

दोब्बर भार बोकेर भारतीय ट्रक निर्वाध गुडदै

रौतहटको सदरमुकाम गौर सँग जोडिएर नेपाल भारत सीमा क्षेत्रको (दशगजामा) बनाइएको मितेरी पुलको भार क्षमता भन्दा दोब्बर मालसमान बोकेर भारतीय नम्बरको मालवाहक ट्रक नेपाली बजार तर्फ प्रवेश गर्न थालेपछि पुलको अवस्था दिन प्रति दिन कमजोर बन्दै गएको छ।

‘मोदीको सुरक्षामा भारतीय सेना परिचालन हुनु राष्ट्रकै अपमान’

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्