१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सेनाको ट्रकले ठक्कर दिँदा सुन्धारामा मोटरसाइकल चालकको मृत्यु

त्रिपुरेश्वरबाट सुन्धारातर्फ गइरहेको नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। बा १ ग ३४५६ नम्बरको ट्रकले बा ८६ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँची जिल्ला मालारानी स्थायी घर भएका बर्ष ३५ को लेख मगरको मृत्यु भएको हो।

राष्ट्रकविलाई मदन–शीला सम्मान

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई यस वर्षको मदन शिला स्रष्टा सम्मान प्रदान गरिने भएको छ। बुधबार बसेको मदन शिला प्रतिष्ठानको बैठकले राष्ट्रकवि घिमिरेलाई एक लाख रुपैयाँसहित सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो।

अमेरिकाले स्काइ ट्रक हस्तान्तरणको मिति सार्‍याे

अमेरिकाले नेपालाई दिने भनेको दुई स्काई ट्रक हस्तान्तरणको मिति फेरि सारेको छ। गत वर्ष पुस अन्तिम साता दुई दिने नेपाल भ्रमणमा आएका अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर फिलिप्स एस डेभिडसनले दुई स्काई ट्रक जुन महिनामा दिने बताए पनि अमेरिकाले पुनः मिति सारेर नोभेम्बर पु¥याएको छ।

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

मिनी ट्रकमा आगजनी

मन्थली नगरपालिका–५ सुनारपानीमा सोमबार राति रोकिराखेको मिनी ट्रकमा अज्ञात व्यक्तिद्वारा आगजनी भएको छ। गाडीचालक सन्देश कार्कीको सुनारपानीस्थित घरमा रातको ११ बजेको समयमा पार्किङमा राखेको बा५ख ३४ब्ःए नम्बरको मिनी ट्रकमा आगजनी भएको हो।

धमलालाई इन्टरनेसनल इस्ट्रक्टर अवार्ड

नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले इन्टरनेसनल इस्ट्रक्टरको अवार्ड प्रदान गरेको छ । बुल्गेरियाको प्लामोदिभ सहरमा सोमबार अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) को २७औं कंग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डका साथै मेडलबाट सम्मानित गरेको हो । आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट व्यक्तित्वलाई छनोट गरी प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गर्दै आएको छ ।

ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ कमलबारीमा आइतबार सवारी दुर्घटनामा पुरुषको मृत्यु भएको छ। एक महिला गम्भीर घाइते छिन् ।

लागुऔषधसहित दुई पक्राउ

प्रहरीले  ११२ किलोग्राम लागुऔषध (गाँजा) सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई  पक्राउ गरेको छ।

स्वयम्भुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं महानगरपालिका १५ ठूलोभर्याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ठूलोभर्याङको मुख्य सडकमा ना७ख १३८१ नंको ट्रकले बा४५प २७७४ नंको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका ८ का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो।

ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईकाे मृत्यु

जिल्लाको हरिवन नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा बिहीबार मध्यान्ह ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पछाडि सवार अर्का युवक गम्भीर घाइते भएका छन्।

के हुन्छ भेरी–बबई डाइभर्सन?

भेरी–बबई बहुउद्देश्यीय आयोजनाको १० अर्ब रुपैयाँ बारबरको ठेक्का पाएको रमण–पप्पु कन्स्ट्रक्सन जेभीलाई सम्झौता अनुसार निर्माणको काम गर्न नसकेकाे भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले अन्य ठेक्का (खरिद) प्रक्रियामा रोक लगाएको छ।

दुर्घटनामा एकको मृत्यु, एक घाइते

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्