२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जिपबाट खसेर विद्यालय हिँडेकी छात्राको मृत्यु

फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको साेमबार बिहान जिपबाट खसेर मृत्यु भएको छ।

छात्रालाई यौनशोषण गर्ने शिक्षक पक्राउ

महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

लडेर दृष्टिविहीन छात्राको मृत्यु

दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत एक छात्राको लडेर मृत्यु भएको छ। मृत्युहुनेमा लुलाङ–७ लमसुङका आठ वर्षीया यममाया विक रहेका छन्। म्याग्दीको पिप्ले–९ मौवाफाँटस्थित ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा २ मा अध्ययनरत उनको आइतबार साँझ मृत्यु भएको हो।

स्कुल हिँडेकी छात्रालाई बलात्कार प्रयास

खोटाङमा बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन्। उच्च माबि जाँदै गरेको छात्रालाई बलात्कार गर्न खोजेको आरोपमा बाकाचोल–७ का ३० वर्षीय मीनबहादुर पुरीलाई प्रहरीले पक्राउ गरेको हो। पुरीमाथि त्रिभुवन उच्च माबि ऐसेलुखर्क जाँदै गरेकी छात्रालाई फागुन ४ गते जबरजस्ती गर्न खोजेको अभियोग छ।

छात्रालाई यातना दिँदा बेहोस, अस्पताल भर्ना

गृहकार्य नगरेको भन्दै शिक्षकले यातना दिँदा एक छात्रा बेहोस भएकी छिन् । भैरवजनता माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत सुस्मिता रुचाललाई शिक्षकले यातना दिँदा (कुखुरा बनाउँदा) बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ।

छात्रालाई अस्कर कलेजको छात्रवृत्ति

काठमाडौंस्थित अस्कर फिल्म कलेजले नयाँ शैक्षिक सत्रका लागि ६ जना छात्रालाई छात्रवृत्ति दिएको छ । फिल्म विषय पढ्न छात्राहरु आकर्षित होऊन् भन्ने उद्देश्यले भर्ना हुन आएका सबै ६ जनालाई छात्रवृत्ति प्रदान गरिएको कलेज प्रमुख विनोद पौडेलले बताए।

पुरानै ढर्रामा फिडर छात्रावास

सरकारले शिक्षामा महिलाको पहुँच पु¥याउने उद्देश्यले ४५ वर्षअघि सञ्चालन सुरु गरेको फिडर छात्रावास अहिले प्रभावहीन भएको छ । महिला शिक्षक बढाउने लक्ष्यसहित सरकारले ०२७ सालदेखि फिडर छात्रावासको अवधारणा ल्याएको थियो । दुर्गम क्षेत्रका जेहेन्दार छात्रालाई माध्यमिक शिक्षासम्म फिडर छात्रवासमा राखी पढाउने सरकारी कार्यक्रम हो ।

आइएमई आकांक्षा छात्रावृत्तिको आवेदन खुला

आइएमई तथा ग्लोबल आइएमई बैंकले आकांक्षा छात्रावृक्तिको आवेदन खुला गरेको छ । आइएमईले एक प्रेस विज्ञप्तिमार्फत राष्ट्र विकासका कर्णधार विद्यार्थीको उज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्देश्यले हिसान तथा प्याव्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ को लागि ‘आइएसमई ग्लोबल आइएमई आकांक्षा छात्रावृत्ति’ का लागि आवेदन खुलेको जनाएको हो ।

१२ वर्षसम्म पनि छात्राबास अधुरै

रौतहटको सदरमुकाम गौरमा रहेको ऐतिहासिक जुद्ध माध्यमिक विद्यालयको छात्राबास १२ वर्षसम्म पनि अधुरै रहेको छ। जिल्लाको सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको रुपमा रहेको जुद्ध माविको ५१ कोठे छात्राबास निर्माणको ठेक्का लिएको कम्पनीको लापरवाहीका कारण छात्राबास निर्माण हुन सकेको छैन्।

बोको हरामले आफ्नो कब्जामा रहेका छात्राहरुको भिडियो सन्देश प्रसरण

नाइजेरियाको इस्लामक समूह बोको हरामले आफ्नो अपहरण गरी कब्जामा रहेका चिबोक छात्राहरुको भिडियो सन्देश प्रसरण गरेको छ।

नर्सिङका ३५ छात्रा बिरामी

काँकडभिट्टा (झापा)– बिर्तामोडस्थित कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ३५ छात्रा विषाक्त भोजनका कारण मंगलबार एकै चोटि बिरामी भएका छन्।

हीरा स्मृति छात्रछात्रा कबड्डी हुने

खेलकर्मी हीरारत्न बज्राचार्यको सम्झनामा कबड्डी प्रतियोगिता हुने भएको छ। काठमाडौं जिल्ला कबड्डी संघले हीरा स्मृति अन्तरविद्यालय छात्रछात्रा कबड्डी प्रतियोगिता बिहीबारबाट गर्ने भएको छ। २०४९ सालमा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरवेजको जहाज दुर्घटनामा परी बज्राचार्य र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं फिफा रेफ्री रुपकराज शर्माको निधन भएको थियो।

बलात्कारको भिडियो खिचेर छात्राको यौन शोषण गर्ने म्यानेजर पक्राउ

उत्तर प्रदेश- भारतको उत्तर प्रदेशस्थित एटा भन्ने स्थानमा १५ वर्षकी किशोरी बलात्कार गरेको आरोपमा विद्यालयका व्यवस्थापक पक्राउ परेका छन्। बलात्कारको घटना अहिलेको भने होइन अघिल्लो वर्ष २०१५ को हो। सामाजिक सञ्जालमा अहिले त्यतिबेलाको बलात्कार भिडियो भाइरल भएपछि घटना सार्वजनिक भएको हो।

कमजोर ग्रेडमा छात्रा बढी

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले असार २ गते प्रकाशित गरेको अक्षरांकन पद्धतिको एसएलसी नतिजामा छात्राको ग्रेड कमजोर देखिएको छ। परीक्षामा केटीहरुको सहभागिता बढी भए पनि उच्च तहको ग्रेडमा पनि केटाले नै उछिनेका छन्।

रोल्पाका अधिकांश छात्रछात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्