काठमाडौं–आइएमई तथा ग्लोबल आइएमई बैंकले आकांक्षा छात्रावृक्तिको आवेदन खुला गरेको छ । आइएमईले एक प्रेस विज्ञप्तिमार्फत राष्ट्र विकासका कर्णधार विद्यार्थीको उज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्देश्यले हिसान तथा प्याव्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ को लागि ‘आइएसमई ग्लोबल आइएमई आकांक्षा छात्रावृत्ति’ का लागि आवेदन खुलेको जनाएको हो ।
उक्त योजना अन्र्तगत सार्वजनिक, निजी तथा सामुदायिक विद्यालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहेनती विद्यार्थीबाट प्राप्त हुन आउने आवेदनका आधारमा शैक्षिक सत्र २०७३ का लागि छात्रावृत्ति प्रदान गर्ने जनाएको छ ।
आइएमईले उक्त छात्रावृत्ति कोष १० लाख रुपैयाँको रहेको र उक्त कोषबाट एक सय जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने जनाएको छ । इच्छुक विद्यिार्थीले यही कार्तिक ३ देखि ३० गते सम्ममा छात्रावृत्ति फारम भर्न सक्ने आइएमईले जनाएको छ ।
प्रकाशित: ३ कार्तिक २०७३ ०९:०३ बुधबार