सेवा सहज गराउन इ–टोकन
आफ्ना अधिकांश सेवालाई विद्युतीय प्रणालीतर्फ लैजादै गरेको वैदेशिक रोजगार विभागले सर्वसाधारणको सहजताका लागि इ–टोकन प्रणाली सुरु गर्ने तयारी गरेको छ।
आफ्ना अधिकांश सेवालाई विद्युतीय प्रणालीतर्फ लैजादै गरेको वैदेशिक रोजगार विभागले सर्वसाधारणको सहजताका लागि इ–टोकन प्रणाली सुरु गर्ने तयारी गरेको छ।
गुजारा चलाउने रकमको जोहो गर्न कुवेत पुगेका २१ युवा यतिखेर कुनै गल्तीबिनैत्यहाँको जेलमा बस्न बाध्य छन्। आठ महिनाअघिकुवेतको जेलमा परेका उनीहरूको कहिले उद्धार हुन्छ अहिलेसम्म यकिन छैन।ग्लोबल राइजिङ प्लेसमेन्ट म्यानपावरमार्फत कुवेत गएका उनीहरू त्यहाँको रोजगारदाता टाट पल्टेपछि थुनामा परेका हुन्।
ब्राजिलले यसै वर्षको जनवरीदेखि अक्टोबरसम्म ८ लाख ४१ हजार रोजगारी सिर्जना गरेको जनाएको छ।
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको क्षमता र आचरण ओली मन्त्रिपरिषद्का अन्य सदस्यसँग तुलना गर्दा कमजोर होइन। सर्वसाधारणसँग गर्ने व्यवहार र जिम्मा लिएको कामप्रतिको लगाव उनका अनुकरणीय पक्ष हुन्। यसका बाबजुद प्रधानमन्त्री ओलीको नजरमा उनी ‘अक्षम’ ठहरिए। जसका कारण ६ जना मन्त्रीसँग विष्ट पनि मन्त्रीबाट हटाइए।
रुकुम र धादिङका दुई युवालाई ‘बाबा’ले क्यानडाको नक्कली भिसा बनाइदिएर त्रिभुवन विमानस्थलबाटै उडाउन खोजेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।
वैदेशिक रोजगारी आज लाखौं नेपाली युवाको रोजाइमा परेको छ। शिक्षित तथा अर्धशिक्षित युवा भारतदेखि खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका तथा युरोपियन मुलुकसम्म आफ्नो श्रम बेचिरहेका छन्। यसरी विदेशी भूमिमा आफ्नो श्रम बेच्न कसैको रहर होला त कसैको बाध्यता।
कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र दक्षिण कोरियामा २८ नेपालीको कोमामा उपचार भइरहेको बोर्डले तंथ्याक संकलन गरेको छ। सबैभन्दा धेरै कतारमा १३ जना कोमामा उपचाररत छन्।
वैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड दिइएको छ। देश संघीयतामा गइसके पनि वैदेशिक रोजगारीका अधिकांश संयन्त्र केन्द्रीकृत हुँदा सेवाग्राहीले सहजतापूर्वक सेवा प्राप्त नगरेको निचोड निकाल्दै विज्ञहरूले यस्तो आवाज उठाएका हुन्।
चन्दननाथ नगरपालिका ४ का नारायण चौलागाई टर्की पालनले स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उदाहरणको रुपमा परिचित भएका छन्। उनी टर्की पालनले जीविकोपार्जनमा ठूलो सहयोग मिलेको बताउँछन्। यहाँको जनशक्ति बेरोजगारीका कारण विदेशमा लर्को लाग्छन्।
वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ।
वैदेशिक रोजगारीमा जाने युवालाई सोमबारदेखि श्रम स्वीकृतिको निस्सा इ–स्टिकरको माध्यमबाट दिन सुरु गरिएको छ। वैदेशिक रोजगार विभागले गरेको परीक्षण सफल भएपछि इ–स्टिकर वितरण सुरु भएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए।
स्टिकर भनेको वैदेशिक रोजगारीमा जाने युवालाई श्रम स्वीकृति प्रदान गरेपछि विभागले प्रमाणस्वरुप दिने निस्सा हो।
वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ।
रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैयाँ पनि तिर्न नपर्ने भएको छ।