८ मंसिर २०८१ शनिबार
image/svg+xml

मापसे गर्ने  स्कुल बसका चालक पक्राउ

मापसे गरेर स्कुल बस चलाउने नमुना विद्यामन्दिर विद्यालयका बस चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नमुना विद्यामन्दिरको को १ च ११६३ नम्बरको बसका चालक अबुद राजवंशीलाई मंगलबार नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ।

मापसे गरेर विमान उडाउने पाइलटको लाइसेन्स रद्द

विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान चालकको अनुमतीपत्र रद्ध गरिएको छ। विमान चलाउनु अगाडी श्वास परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतीपत्र केही समयका लागि सोमबार रद्ध गरिएको अधिकारीहरुले जनाएका छन्।

‘मापसे’ मा परे पाइलट

खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जान ‘फ्लाइ दुबई एयरलाइन्स’ को एउटा जहाज आइतबार तयारी अवस्थामा छ। करिब १ सय ५४ जना यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्।

मापसे गरेका वडाध्यक्ष पक्राउ

मादक पदार्थ सेवन गरेको आरोपमा मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपाने बुधवार पक्राउ परेका छन् ।

क्रिसमस इभमा मापसे गर्ने दुई सय ४५ पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमस इभको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने दुर्इ सय ४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा दुर्इ सय ४५ चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएकाे छ ।

चाडपर्वमा मापसे जाँचलाई कडाई गरिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ।

मापसेबाट २१ करोड असुली, १८ हजार लाइसेन्स अझै ट्राफिकसँग (भिडियो)

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकहरुलाई कारबाही गरी आर्थिक वर्ष २०६८/६९ को मंसिरदेखि हालसम्म(करिब ५ वर्षमा)२० करोड ९९ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

मापसे गर्ने शिक्षकलाई सरसफाईको सजाय

पटकपटक मादक पदार्थ सेवन गरेर आउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय खोटाङले कार्यालय सरसफाइ गर्ने सजाय दिएको छ। सुध्रिनका लागि पटकपटक चेतावनी दिँदा र राजीनामा माग्दा समेत मादक पदार्थ सेवन गरेर विद्यालय आउन नछाडेपछि सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्रीलाई जिल्ला शिक्षा कार्यालय सरसफाइ गर्ने सजाय दिइएको हो।

अनेक बहाना बनाउँछन् मापसे गरी सवारी चलाउने

साता दिनअघि कमलपोखरीमा मापसे (मादक पदार्थ सेवन) गरी मोटसाइकल चलाएका एक  युवकलाई ट्राफिक प्रहरीले समात्यो। ती युवकले आफूले रेडबुल मात्रै  खाएको बहाना बनाए। प्रहरीले प्रिन्ट ब्रेथलाइजरबाट मापसेको प्रमाण देखाएपछि भने आफूले मापसे गरेको उनले स्विकारे।

मापसे गर्ने प्रधानाध्यापक र शिक्षकको राजिनामा

जिल्ला शिक्षा कार्यालय खोटाङले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रधानाध्यपक डिकबीर राईलाई राजीनामा गराएको छ। बिहीबार गरिएको छड्के अनुगमनकाक्रममा प्रअ राई मादक पदार्थ सेवन गरेर आएको पाइएपछि तत्काल राजीनामा मागिएको हो।

उपत्यकामा मापसे कडाइ

उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ पारेको छ ।

उपत्यकामा मापसे कडाइ

उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ पारेको छ । उपत्यकाका विभिन्न ३५ पोष्टले दिउँसो र रातिको समयमा मापसे जाँच गरिरहेको महानगरीय प्रहरी ट्राफिक महाशाखाले जनाएको छ ।

मापसे कडाइको तयारी

चाडपर्वमा रमाइलो गर्नुपर्छ भन्दै मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाउने बानी छ ? भए यसपल्ट दसैं तिहारमा तपाईं ट्राफिक प्रहरीको कारबाहीबाट उम्कने सम्भावना छैन ।

मापसे र लेन अनुशासन कक्षा टेलिभिजनबाट

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माधक पदार्थ सेवन र लेन अनुशासन उलङ्घन कक्षा अब स्मार्ट टेलिभिजनमार्फत लिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्