५ वैशाख २०८३ शनिबार
image/svg+xml

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिना वार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशतअर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

पर्यटनमन्त्री पौडेलसँग तीन देशका राजदूतको भेटवार्ता

भेटका क्रममा मन्त्री पौडेलले नेपालको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका थिए। उनले आगामी दिनमा यी मुलुकहरूसँग अझ गहन र मजबुत सहकार्यका लागि आग्रह समेत गरे।

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने केन्द्र सरकारको निर्णय कर्णाली सरकारले नमान्ने

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्णाली प्रदेश विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८१ को दफा ३ बमोजिम लोक कल्याणकारी विज्ञापनका लागि वैशाख १० गतेभित्र सम्झौता गर्न स्थानीय सञ्चार माध्यमलाई पत्राचार गरेको छ।

५४ मत नपुग्दा मोदी सरकारको महिला आरक्षण विधेयक ‘फेल’

विधेयकमाथिको छलफलमा प्रधानमन्त्री नरेन्द्र मोदीले सबै दललाई समर्थनका लागि अपिल गरेका थिए। उनले विपक्षीले विरोध गर्दा राजनीतिक फाइदा हुने भए पनि आफू सबैलाई साथमा लिएर जान तयार रहेको बताएका थिए।

हेटौँडामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएकाको सनाखत

धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका एक जनाको सनाखत भएको छ।

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ।

होर्मुज जलमार्ग खुलेसँगै तेलको मूल्यमा भारी गिरावट

होर्मुज जलमार्ग खुले पनि ढुवानी कति चाँडो सामान्य हुन्छ भन्नेमा अझै अन्योल छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले सबै जहाजले आफूसँग समन्वय गर्नुपर्ने र तोकिएको बाटो मात्र प्रयोग गर्नुपर्ने सर्त राखेको छ।

आफू चिसो भुइँमा बसी काखमा किन लिन्थ्यौ आमा!

झिसमिसेमा मलाई छोडी एक्लै कता हिन्थ्यौ आमा, आफू चिसो भुइँमा बसी काखमा किन लिन्थ्यौ आमा।

गोकुल बास्कोटाको प्रश्न : नेपाली कांग्रेस के होला? रबर वा शिशा?

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक एकता कानुनले नभइ नियतमा निर्भर रहने बताएका छन‍्।

सहमति सहकार्य अहिलेको आवश्यक्ता : चन्द्र भण्डारी

नेपलाी कांग्रेसका नेता चन्द्र भण्डारीले सहमति सहकार्य अहिलेको मूल आवश्यक्ता भएको बताएका छन्।

ढुङ्गेयुगको जयगान!

गोलभेडाको अचार पिस्ने विद्युतीय भाँडो बजारमा आइसक्ता पनि मलाई ढुङ्गाको सिलौटोमा ढुङ्गाकै लोहोरोले पिसेको चटनी मनपर्छ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस

नेपालले प्रस्ताव गरेअनुसार पारित भएको अन्तर्राष्ट्रिय आरोग्य दिवस शुक्रबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भव्य कार्यक्रमको आयोजना गरी मनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्