१९ असार २०८१ बुधबार
image/svg+xml

काबुलको मस्जिद नजिकै विस्फोट, चारजनाको मृत्यु

राजधानी काबुलमा आकस्मिक अस्पताल सेवा सञ्चालन गर्ने गैरसरकारी संस्था, इमर्जेन्सीले विस्फोटमा परी १४ जना हताहत भएको जनाएको छ। 'तीमध्ये चार जनाको अस्पताल पुग्नु पहिले नै मृत्यु भइसकेको थियो,' इमर्जेन्सीले ट्वीटरमा भनेको छ।

पढ्न वञ्चित गरिएको भन्दै अफगानिस्तानमा महिलाको प्रदर्शन

'आफ्ना विद्यालयहरू बन्द गरिएको विरोधमा पक्तियाको मुख्य भागमा छात्राहरूले प्रदर्शन गरेका छन्,' प्रदर्शनका एक प्रत्यक्षदर्शीले भने।

अफगानिस्तानको हेलमाण्ड विस्फोटमा तीन बालबालिकाको मृत्यु

हेरात शहरको गुजरगाह मस्जिदमा स्थानीय समय अनुसार राति १२:४० बजे बम विस्फोट भएको खामा प्रेसले तालिवानद्वारा सञ्चालित अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको थियो। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले प्रार्थनाको नेतृत्व गर्ने मौलवी मुजिब रहमान अन्सारीलाई ‘धर्मका शत्रुहरू’ द्वारा गरिएको कायरतापूर्ण आक्रमणमा मारिएको बताएका छन्।

मस्जिद विष्फोटः तालिबानका धर्मगुरूसहित १८ मारिए

पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ। विष्फोटनमा परी कम्तीमा २३ जना घाइते भएका छन्।

अफगानिस्तानको निसानामा अझ ठूला टोली

एसिया कप क्रिकेटको यस संस्करणमा अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेसँगै अफगानिस्तानका कप्तान मोहम्मद नाबीले अब ठूलो विपक्षीलाई पनि स्तब्ध बनाउन आफ्नो टोली तयार रहेको बताएका छन्।

‘श्रीलंकाविरुद्धको नतिजा अप्रत्याशित होइन’

अफगानिस्तानका पूर्वकप्तान मोहम्मद नाबीले एसिया कपको उद्घाटन खेलमा श्रीलंकामाथि आठ विकेटको सफलता निकालेपछि आफ्नो टोलीको जित विपक्षीका लागि स्तब्धपूर्ण नरहेको प्रतिक्रिया दिएका छन्।

अफगानिस्तानमा बाढी: ३१ जनाको मृत्यु, १७ घाइते, कैयौँ बेपत्ता

हिन्दुकुश पर्वत शृङ्खलामा अवस्थित देशको पहाडी प्रान्त परवान मूसलधारे वर्षापछिको बाढीले धेरै आवासीय भवन र सयौँ एकड खेतीयोग्य जमिनमा क्षति भएको छ। बाढीका कारण परवान–बम्यान राजमार्ग अवरुद्ध भएको छ पूर्वमा नान्गाहार प्रान्त र उत्तरमा पन्जशिर प्रान्तलगायत अन्य धेरै प्रान्तमा पनि त्यसको असर परेको छ।

सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल र तालिबान अधिकारीहरुबीच काबुलमा वार्ता

अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डलले काबुल भ्रमण गरेको हो।

अफगानिस्तानको एउटा प्रान्तमा मात्रै १५ सय बालबालिकालाई झाडापखाला

'हाम्रो प्रान्तमा मात्रै झाडा पखालाबाट अहिले एक हजार ५ सय भन्दा बढी बिरामी भएको विवरण आएको छ, उनीहरुलाई विभिन्न अस्पतालमा उपचार गराइएको छ,'

पाकिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, २४ घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हफिजाबाद जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। शनिबार जलालपुर भट्टियान शहरमा तीव्र गतिका कारण सो दुर्घटना भएको बताइएको छ।

अफगानिस्तानमा विस्फोटन हुँदा ८ जनाको मृत्यु

सिया समुदायले प्रार्थनाका लागि भेट हुदै गर्दा विस्फोटन भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

अफगानिस्तानका भूकम्प पीडितलाई चीनको सहयोग

अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ। चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो।

अफगानिस्तानको नुरिस्तान प्रान्तका ७० प्रतिशत विद्यालयमा भवन अभाव

अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तका ७० प्रतिशतभन्दा बढी विद्यालयमा भवनको अभाव रहेको पाइएको छ। ती विद्यालयहरुमा भवनको आवश्यकता रहेकाले तत्काल त्यसको व्यवस्था गर्न पनि सरोकारवालाहरुले सुझाव दिएका छन्।

अफगानिस्तानका भूकम्प पीडितलाई राष्ट्रसङ्घीय एजेन्सीको सहयोग

अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन्।

भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार!

दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ। बुधबारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्