२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अफगानिस्तान भन्दै दुबई पुर्‍याएर ठगी

अफगानिस्तान जाने अन्तिम तम्तयारी भएपछि तनहुँ बन्दीपुरका महादेव थापालाई लाग्थ्यो– अब दुःखका दिन सकिए। अफगानिस्तान पुगेपछि पैसाको समस्या हुने छैन ।

अफगानिस्तानमा विवाह समारोहमा आत्मघाती विस्फोट, ६३ जनाको मृत्यु, सयौं घाइते

युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन्। हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते भएको उल्लेख छ।

उत्तरी अफगानिस्तानमा बम बिस्फोट

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त धरापमा एउटा मिनिबस परेको थियो।

हवाई कारबाहीमा परी सात तालिबान लडाकू मारिए

अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ।

कारबाहीमा ६० तालिबान लडाकू मारिए

अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले  करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन्।

अफगानिस्तान ट्रक बम विस्फोटमा १४ को मृत्यु, १४५ घाइते

तालिबान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन्।

राष्ट्रपतिको चुनाव अगाडी तालिबानको चेतावनी

अफगानिस्तानमा तालिबान लडाकू समूहले अफगान नागरिकलाई चुनावी सभाबाट टाढा रहन चेतावनी दिएको छ।  सो समूहले आफ्ना लडाकूहरुलाई सेप्टेम्बरमा हुन गइरहेको मतदानको विरोधका खडा गर्न आदेश दिएको छ।

अफगान राष्ट्रपतिका सहयोगीको कार्यालयमा आक्रमण, बीसको मृत्यु

अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ। सो कार्यालयलाई लक्ष्यगरी गराइएको विस्फोटपछि पनि कार्यालयमा प्रवेश गरी आक्रमण भएको अधिकारीहरुले आइतबार जनाएका थिए।

अफगानिस्तानको शान्ति परिषद् विघटन

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले उच्चस्तरीय शान्ति परिषद्को सचिवालय विघटन गरेका छन्। तालिबान विद्रोहीसँग वार्ता गर्नका लागि सन् २०१० मा तत्कालिन राष्ट्रपति हमिद् कारजाईले बनाएको सो सचिवालयलाई घानीले शनिबार विघटन गरेका हुन्।

अफगानिस्तानमा चार प्रहरीसहित ६ जना मारिए

पश्चिमी प्रान्त फराहमा भएको झडपमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ। यसरी मारिनेमा चार जना प्रहरी पनि परेको बताइएको छ।

दोहोरो गोली हानाहानमा चार प्रहरीसहित १६ जना मारिए

पश्चिम भागमा पर्ने फराह प्रान्तमा सुरक्षाफौज  र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन्।  प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार झडप भएको पुष्टि गरेका छन्।

अफगानिस्तानमा २४ जना विद्रोही मारिए

अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ। सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन्।

उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोट

उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ।

विवाह समारोहमा आक्रमण, पाँच जनाको मृत्यु

अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक विवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएका छन्।

कारबाहीमा सात आतङ्ककारी मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डमा बुधबार भएको एक सुरक्षा कारबाहीमा परी कम्तीमा सात लडाकू मारिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्