२ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोट

मजार– उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ।

सेनाका प्रवक्ता हनिफ रेजाईले चहर बोलाक जिल्लाको खानाबादमा बेबारिसे बारुदी सुरुङ छुनेक्रममा बिस्फोट हुँदा दुबै बालबालिकाको मृत्यु भएको जानकारी दिए।

सेनाले उक्त बारुदी सुरुङ शान्तिका दुश्मन तालिबान विद्रोहीले बिछ्याएको पनि दाबी गरेको छ।

तालिबान विद्रोहीहरुले सुरक्षा फौजलाई लक्षित गरी सडकहरुमा बम र बारुदी सुरुङ बिछ्याउने गरेका छन् । यस्ता बेबारिसे बारुदी सुरुङमा परेर बर्सेनि धेरै अबोध बालबालिकाको ज्यान जाने गरेको छ। सिन्ह्वा

प्रकाशित: ३० असार २०७६ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App