३ मंसिर २०८१ सोमबार
image/svg+xml

लालबाबु एक्सनमा : सोल्टी होटलदेखि ४ वटा अस्पताललाई कारबाही

जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका विभिन्न ११ संस्थालाई कारबाही गरेको छ।

कुमारी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेडले नेपाल मेडिसिटी अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको छ । सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

साझाको अपाङ्गतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म अपाङमैत्री बस गुड्ने भएको छ ।

क्षेत्रीय अस्पताललाई प्रदेशकै नमूना बनाइने : मुख्यमन्त्री शाही

प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताएका छन्।

खुमबहादुर खड्का अस्पताल भर्ना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्का अस्पताल भर्ना भएका छन्। शुक्रबार साँझ मृगौलामा समस्या (किड्नी अट्याक) आएपछि खड्कालाई साँझै नर्भिक अस्पताल भर्ना गरिएको स्वकीय सचिव चुडामणी कँडेलले जानकारी दिए।

अस्पताल र स्कुल वरपर ग्यारेज राख्न नपाइने

अस्पताल र शिक्षण संस्थावरपर ग्यारेज वा वर्कसप राख्न नपाइने भएको छ। ग्यारेज र वर्कसपलाई नियमन गर्न सरकारले ल्याउन लागेको निर्देशिका जस्ताको त्यस्तै कार्यान्वयनमा आए अस्पताल र शैक्षिक संस्था वरपर अब यस्ता व्यवसाय गर्न पाइने छैन।

क्यान्सर अस्पताललाई जापानको ८६ लाखका उपकरण

जापानी राजदूत मासासी ओगावा र इन्टरनेशनल कन्र्सन सेन्टरका अध्यक्ष प्रा.डा. अन्जान शाक्यबीच नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरलाई जापान सरकारले करिब ८६ लाख रुपैयाँ बराबरको अस्पतालका लागि आवश्यक उपकरण दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नोबेल अस्पतालले डेढ अर्ब लगानी थप्यो

न्युरोका बिरामीलाई लक्ष्य गरेर नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले अत्याधुनिक न्युरो सर्जरी सेवा सञ्चालनमा ल्याएको छ । डेढ अर्ब रुपैयाँ लगानीमा सुरु गरिएको अत्याधुनिक उपकरणसहितको न्युरो सर्जरी सेवा दक्षिण–पूर्वी एसियामै पहिलो भएको अस्पतालको दाबी छ ।

अमिताभले अस्पतालमै लेखे कविता

बलिउडका चर्चित हस्ती अमिताभ बच्चन सधै सामाजिक सञ्जालमा एक्टिभ रहने गर्छन्। उनी आफ्ना फ्यानहरुसँग आफ्नो विचारको आदान प्रदान पनि गरिरहेका हुन्छन्।

नवलपुरमा जिल्ला अस्पताल स्थापना गर्न पहल

नवलपरासीको बर्दघाट (सुस्ता पूर्व ) जिल्लामा जिल्ला अस्पताल स्थापनाका लागि पहल थालिएको छ ।हाल सो जिल्लामा केही महिनाअघि जिल्ला स्वास्थ्य कार्यालय स्थापना भए पनि सरकारी स्वामित्वको जिल्ला अस्पताल हालसम्म स्थापना हुनसकेको छैन् ।

उदयपुर अस्पताल औषधिविहीन

जिल्ला अस्पताल उदयपुर औषधिविहीन भएको छ । अस्पतालमा निशूल्क वितरण गर्नुपर्ने औषधि सकिएपछि गरिव, निमुखा, बिपन्न र बृद्धबृद्धाले पाउने औषधि पाउन छाडेको अस्पताल प्रशासनले जनाएको छ।

दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी, ४१ को मृत्यु

दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ। दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो।

तरकारी बेचेर अस्पताल बनाउने सुभाषिनीलाई पद्मश्री

भारत सरकारले गणतन्त्र दिवसको अवसरमा विहीबार राति पद्मश्री पुरस्कारको घोषणा गर्यो। विभिन्न क्षेत्रमा विशिष्ट सेवा र उल्लेखनीय योगदान गर्नेलाई दिइने पद्मश्री पुरस्कार पश्चिम बंगालकी समाजिक कार्यकर्ता सुभाषिनी मिस्त्रीले पनि पाउने भएकी छन्।

अस्पतालमा प्रसूति गराए ५ हजार भत्ता पाइने

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले अस्पतालमा गएर प्रसूति गराउने आमालाई प्रोत्साहन भत्ता दिने भएको छ। गाउँपालिकाले मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसूति गराएबापत थप प्रोत्साहन भत्ता स्वरुप पाँच हजार रुपैयाँ दिने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्