४ मंसिर २०८१ मंगलबार
image/svg+xml

क्लिन्टनको चुनावी अभियानको डाटा ह्याक

डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेद्‍वार हिलारी क्निटनको चुनावी अभियानका डाटाहरु ह्याक भएको छ। क्लिन्टन राष्ट्रपतिको उम्मेद्‍वार भएको तीन दिनपछि उक्त डाटा समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको हो।

बोनम्यारो क्यान्सर पीडित कलाकार सेन्चुरीलार्इ बचाउन अभियान

काठमाडौं– बोनम्यारोको क्यान्सरबाट पीडित गायक तथा मोडल सन्दिप सेन्चुरीको उपचारका लागि काठमाडौंको गोंगबुस्थित सुनचाँदी व्यवसायी सेवा समितिले सेन्चुरी बचाउ अभियान सञ्चालन गरेको छ। मोरङको बयरवन–३ हरकपुर स्थायी घर भएका २७ वर्षीय मोडल सेन्चुरीको उपचारका लागि करिब ३२ लाख रुपैयाँ लाग्ने र उनको आफ्नो जायजेथाले नभ्याउने भएपछि समितिले अभियान सञ्चालन गरेको समितिका अध्यक्ष नारायण सुनारले जनाएका छन्।

देशको फिक्री गर्दै जिग्रीको ‘न्युट्रल जनता अभियान’

काठमाडौं– हाँस्यकलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन्। कुनै दल वा पार्टीको पक्षमा नभई देश विकासको पक्षमा रहेर अघि बढ्न उनले सबैसँग अपिल गरेका छन्। राजनीतिलाई फोहरी खेल बनाइएकोले देश झनै बिग्रँदै गएकाले अब विकासका लागि दलगत रुपमा नभई स्वतन्त्र नागरिकको रुपमा एक हुनउनले एक लेखमार्फत आग्रह गरेका हुन्।

डा. केसीको अभियानका पक्षमा बृहत् सञ्जाल गठन

काठमाडाैं– महाराजगञ्जस्थित शिक्षण अस्पताल प्रांगणमा आज बसेको भेलाले ‘सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्स’ नामक सञ्जालमार्फत औपचारिक रुपमा यो अभियानलाई अघि बढाउने निर्णय गरेको छ।

डा. केसीको अभियान

डा. गोविन्द केसीले नयाँ चरणको सत्याग्रह सुरु गर्नुभएसँगै जिम्मेवार मिडियामा यसको वस्तुगत कभरेज त भएकै छ, खास सञ्चार माध्यमहरुचाहिँ यो अभियानलाई बदनाम गर्ने एकसूत्रीय लक्ष्यसाथ भ्रम सिर्जना गर्न र फैलाउनमा व्यस्त छन्। यो टिप्पणीमा ती भ्रम चिर्ने प्रयास गरिनेछ।

'प्रहरी मेरो साथी' अभियान सुरु

प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा कायम राख्न सर्वसाधारणको समान सहभागिता र सहकार्यका लागि 'प्रहरी मेरो साथी' अभियान सञ्चालनमा ल्याएको छ। गृहमन्त्री शक्तिबहादुर बस्नेतले सोमबार एक औपचारिक कार्यक्रमबीच अभियान सुरु गरेका हुन्।

'प्रहरी मेरो साथी' अभियान सुरु

काडमाडौं– प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा कायम राख्न सर्वसाधारणको समान सहभागिता र सहकार्यका लागि ‘प्रहरी मेरो साथी’ अभियान संचालनमा ल्याएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सोमबार एक औपचारिक कार्यक्रमका बिच अभियानको सुरुवात गरेका हुन्।

प्रहरी मेरो साथी अभियान सुरु

काडमाडौं— प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा कायम राख्न सर्वसाधारणको समान सहभागिता र सहकार्यका लागि ‘प्रहरी मेरो साथी’ अभियान सञ्चालनमा ल्याएको छ। गृहमन्त्री शक्तिबहादुर बस्नेतले सोमबार एक औपचारिक कार्यक्रमबीच अभियानको सुरुवात गरेका छन्। प्रहरी मेरो साथी संकेत चिन्हको अनावरणपछि गृहमन्त्री बस्नेतले प्रहरी संगठनको छवि, प्रतिष्ठा र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।

'बाँध विरोधी अभियान'मा नीति निर्माता

जलविद्युत तथा सिँचाइका लागि ठूला बाँध निर्माणमा नीतिगत प्रभाव पार्न सरकारी र गैरसरकारी उच्च अधिकारीलाई अमेरिकाले घुमाउन लैजाने लागेको छ। वातावरण तथा पर्यावरणमा असर पर्ने भन्दै अमेरिकाले विश्वभर ठूला बाँध निर्माण विरोधी अभियान चलाउँदै आएको छ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) को निम्तोमा सरकारी काम छोडेर एक साता बढी समयका लागि ती अधिकारी जान लागेका हुन्।

सागरनाथ वन विकास परियोजनाको अतिक्रमित जमीन खाली गर्न अभियान सुरू

सर्लाही– सर्लाहीकोको ढुंग्रेखोलामा सागरनाथ वन विकास परियोजनाको २५ सय हेक्टर वन अतिक्रमन गरी लगाइएको बाली नष्ट गरी बृक्षारोपण अभियान शुरु भएको छ । परियोजनाको मूर्तिया वन व्यवस्थापन शाखाअन्तर्गत अतिक्रमित जमीन मंगलबारबाट खाली गराउने कार्य शुरु भएको हो। जिल्ला वन अतिक्रमण नियन्त्रण कार्यदलले अतिक्रमित क्षेत्र खाली गराउन थालेका छन्।

क्षमा अभियानलाई तमलोपाको साथ

साताअगाडि मधेसका सामाजिक अभियन्ताले चलाएको  विभेद, छुवाछुत, कुरीतिविरुद्ध क्षमा अभियानले मधेसकेन्द्रित दलको साथ पाउन थालेको छ। तराई मधेस लोकतान्त्रिक पार्टीले नवलपरासीको रामग्राममा जारी पहिलो महाधिवेशनबाट यो अभियानलाई व्यापकता प्रदान गर्ने निर्णय गरेको छ।

अमेरिकाको अभियान

अमेरिकी फुटबल प्रशिक्षक योर्गन क्लिन्सम्यान टोलीलाई असामान्य सपना पूरा गराउने अभियानमा छन् । अमेरिकाले आफ्नै मैदानमा कोपा अमेरिकाको सेमिफाइनलमा लियोनल मेसीप्रेरित अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दैछ ।

राष्ट्रिय झण्डा चिनाउने अभियान अब नगरपालिकासम्म

काठमाडौं— राष्ट्रिय झण्डालाई चिनाउँदै ७५ जिल्लाको अभियान पूरा गरेपछि अब सो अभियान मुलुकका सबै नगरपालिकामा पुर्याभइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्