२२ असार २०८१ शनिबार
image/svg+xml

न्युराेडमा पाँच तले स्वचालित कार पार्किङ निर्माण गर्न अध्ययन

न्युराेडमा निर्माण गर्ने भनिएकाे चार सय गाडी अट्ने स्वचालित कार पार्किङका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ ।

घरमा पार्किङ गरेर राखिएको कार र मोटरसाइकलमा आगजनी

अज्ञात समूहले घरमा राखेको दुईवटा बाइक र एउटा कारमा आगजनी गरेका छन्। दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा१०प २४० र स्थानीय गुणराज पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको प्रहरी जनाएको छ।

धर्मपथमा चार सय गाडी अट्ने स्वचालित कार पार्किङ बन्दै

काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने नयाँसडकमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ । व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

पार्किङ शुल्क ‘खुकुलो’ गर्ने सहमति, आन्दोलन फिर्ता

इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायी, नगरपालिका र कर ठेकेदारबीच कर निर्धारणमा ‘खुकुलो’ हुने सहमति भएको छ । बिहीबारको छलफलमा नगरपालिका कर ठेकेदारप्रति तथा ठेकेदार व्यवसायीप्रति करको दरमा खुकुलो हुने सहमति भएको हो ।

सडकपेटी पार्किङमा परिणत

राजधानीको तीनकुने चोकदेखि गैरीगाउँ जाने सडकको पेटी सवारीसाधन पार्किङले नै भरिने गरेकाले बटुवा सडक पेटी हो कि पार्किङ रनभुल्लमा पर्न थालेका छन्। 'सडक पेटी जहिल्यै पार्किङ हुने गरेको छ, जसले गर्दा हिँड्नै सकस हुन्छ,' एक स्थानीय भने, 'कहिले पार्टी प्यालेसका सवारीले भरिन्छ भने कहिले मार्बल गोदामका गाडी त कहिले मोटरसाइकलले फुटपाथ भरिने गर्छ।'

पार्किङ शुल्क वृद्धिको विरोधमा इलामका यातायात व्यवसायी आन्दोलित

इलाम– इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायीले शुक्रबार दोस्रो दिन पनि इलाम बजारमा सवारी साधन प्रवेश गराएनन्। नगरपालिकाले पार्किङ शुल्क पुनर्विचार नगरेसम्म आन्दोलन नछाड्ने व्यवसायीको अडान छ।

सडकछेउ चारपांग्रे पार्किङ निषेध

ललितपुरको जावलाखेल–लगनखेल सडक किनारमा चारपांग्रे सवारीसाधन पार्किङ निषेध गरिएको छ। बढ्दो सवारी दुर्घटना र सडक जाम मध्यनजर गर्दै ललितपुर ट्राफिक प्रहरी कार्यालयले त्यस क्षेत्रमा चारपांग्रे सवारीसाधनलाई पार्किङ निषेध गरेको हो।

खुलामञ्च र लैनचौरमा अन्डरग्राउन्ड पार्किङ

खुलामञ्चको ४८ रोपनी र लैनचौरस्थित अस्कल क्याम्पस अगाडिको ७ रोपनी सार्वजनिक जमिनमा दुईतले अन्डरग्राउन्ड पार्किङ बनाउने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ। दुईतले अन्डरग्राउन्ड पार्किङसहित एकतले अन्डरग्राउन्ड सपिङ कम्प्लेक्स बनाउने तयारी पनि महानगरले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्