३१ वैशाख २०८१ सोमबार
image/svg+xml

बैंकको खराब कर्जा ३७ प्रतिशतले बढ्यो

कोरोना महामारीले अर्थतन्त्रमा समस्या निम्तिएसँगै बैंकहरूको खराब कर्जा ३७.९७ प्रतिशतले बढेको छ। वाणिज्य बैंकहरूले लगानी गरेका कर्जामध्ये गत आर्थिक वर्ष खराब कर्जाको अंश ५० अर्ब ३५ करोड रूपैयाँ पुगेको छ। गत वर्ष बैंकहरूले २८ खर्ब ८८ अर्ब ३९ करोड रूपैयाँ कर्जा लगानी गरेका थिए। बैंकहरूको कुल ऋणमध्ये गत वर्ष १३ अर्ब ८६ करोड रूपैयाँ खराब कर्जामा जोडिन पुगेको हो। आर्थिक वर्ष ०७५/७६ सम्म सबै बैंकको खराब कर्जा ३६ अर्ब ४९ करोड रूपैयाँ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्