९ मंसिर २०८१ आइतबार
image/svg+xml

संगीत चर्चाः आशिषको अविरल यात्रा

संगीतकार, गायक, संगीत संयोजक, वाद्यवादक–आशिष अविरलको परिचय फराकिलो छ। अविरलले अहिलेसम्म दुई सय हाराहारी गीतमा संगीत दिएका छन् भने चार–पाँच हजारको हाराहारीमा संगीत संयोजन गरेका छन्। आफूले संगीत तथा संगीत संयोजन गरेका कतिपय गीतमा उनले सहनाईलगायत पञ्चेबाजा बजाउने गर्छन्। यहाँ अविरल स्वयंले मनपराएका उनका पाँच गीतको चर्चा गरिएको छ।

आशिष पुरस्कार लावती र घिमिरेलाई

२०७८ सालको आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुमन लावतीलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ इलाम शाखाले उदीयमान पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने पुरस्कार यो पटक रेडियो माङ्सेबुङ एफएमका स्टेसन म्यानेजर लावतीलाई प्रदान गरिएको हो।

हिरोइन सेवन गर्ने विषयमा विवाद हुँदा हत्या

धनगढी उपमहानगरपालिका– ४ का २८ वर्षीय आशिष सेठीले हिरोइनको डोज पूरा सेवन गर्न नदिएकाले विजय थापाको हत्या गरेको खुलासा भएको छ। लागूऔषध कारोबार मुद्दामा अदालतबाट ५० हजार रुपैयाँ धरौटीमा छुटेका सेठीले २५ वर्षीय थापाको हत्या गरेको प्रहरीले जनाएको छ।

‘सहरको यातायात भद्रगोल भयो’

तपाईँको बुझाईमा सहर भनेको के हो? मानिसलाई सामाजिक जीवन बिताउन आवश्यक पर्ने सबैखाले सेवा सुविधा भएको ठाउँ नै सहर हो । सहरका बस्ती गुजुप्प हुन्छन् । त्यहाँ जनघनत्व पनि बढी हुन्छ ।

व्यवसायीको १४ करोड डुबाउँदै आयल निगम

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३, मकवानपुरका आशिष पौडेलले २०७४ असारमा ६० लाख रुपैयाँ लगानी गरेर नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्यांकर किने । निगमले क्यालिब्रेसन र इपी कोट जाँचेर ठिक छ भनेको उक्त ट्यांकरले इन्धन ढुवानी गर्ने अवसर नपाउँदा १५ महिनादेखि पौडेलेको घरअगाडि खडा छ।

आशिष र अदिती भए मोडल हन्ट

महिला र पुरुषबीचको प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदिती अधिकारीले जितेका छन् ।

‘कभर्डेड’ मा आशिषको डेब्यु

नेपाल रिपब्लिक मिडियाद्वारा सञ्चालित रेडियो नागरिकले मनोरञ्जनसँग सम्बन्धित दुई कार्यक्रम सञ्चालन गर्ने भएको छ । रेडियोले ‘कभर्डेड’ र ‘दि बिग ब्रेक’ नामक दुई कार्यक्रम सञ्चालन गर्न लागेको हो।

आशिष पत्रकारिता पुरस्कार सीतालाई

नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्ष प्रदान गर्ने गरेको २०७४ सालको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ ताप्लेजुङकी पत्रकार सीता निरौलालाई प्रदान गरिएको छ । शुक्रबार सदरमुकाममा आयोजित समारोहमा महासंघका महासचिव उजिर मगरले पत्रकार निरौलालाई नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरे।

मनीष र आशिषको बराबरी नतिजा

नेपाली फिडे मास्टरद्वय मनीष हमाल र आशिष फुयालले सोमबार एसियन जोनल ३.२ बुद्धिचाल प्रतियोगितामा बराबरी नतिजा निकालेका छन्। मनीष (२०८१ रेडेट) ले दोस्रो चरणको खेलमा बंगलादेशका ग्रान्ड मास्टर (जिएम) नियाज मुर्सदसँग बराबरी खेले। नियाज २४२२ रेटेड खेलाडी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्