१० मंसिर २०८१ सोमबार
image/svg+xml

झण्डाको निहुमा बारम्बार झगडा

स्थानीयको घरमा राखेको पार्टीको झण्डा झिकेको निहुमा जेठ २४ गते खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका कांग्रेस कार्यकर्ता अर्जुन राउत एमालेका कार्यकर्ता धनकुमार भुजेलबाट कुटिए।

मधेसमा झगडाको बिउ नरोपौं : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रवादको नारा लगाउनेहरूले नै मधेस र पहाडबीच झगडा पार्ने राष्ट्रघाती कदम चालिरहेको आरोप लगाएका छन्। 'एमालेका लागि यो दुर्भाग्य नै हो', चुनावी अभियानअन्तर्गत सोमबार तुलसीपुरमा आयोजित ५ नम्बर प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले भने, 'मेलमिलापको बाटो अवलम्बन गर्नुको साटो नेपालकै भूभाग मधेसलाई अलग्गै मुलुक देख्ने काम सबैभन्दा राष्ट्रवादी कहलिएको दलले गरिरहेको छ।'

राजनीतिक दलहरुबीच कुर्सी का लागि झगडा: डा भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्सीका लागि झगडा गरिरहेको आरोप लगाएका छन्।

घर झगडाले पत्नी अस्पताल, पति हिरासतमा, सन्तानको बिचल्ली

बाउ–आमाको आपसी झगडाका कारण सन्तानले कति दुःख पाउनुपर्छ भन्ने उदाहरण यहाँको एक घट्नाले देखाएको छ। दुई साताअघि पतिको कुटाईबाट बेहोस भएकी जिल्लाको भलायडाँडाँ गाविस–३ की सरिता मोतेको अहिलेसम्म होस् खुलेको छैन। उनका पति प्रहरी नियन्त्रणमा छन्। आमा–बुबाको सहारा नपाएपछि तीनजना सन्तानको बिचल्ली भएको छ।

गाँजा खाएका दाजु-भाइको झगडामा खुकुरी लागेर बाबुको मृत्यु

सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको शङ्कामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ ।

फेसबुक र ट्विटर धेरै चलाउने बालबालिका झगडालु

फेसबुक, ट्विटर र इन्ट्राग्राम जस्ता सामाजिक संजाल चलाउने बालबालिका अन्य बालबालिकाको तुलनामा झगडालु हुने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सांजल धेरै प्रयोग गर्ने बालबालिका सधै तनाब र दुखमा हुने गर्छन्।

बाख्राले धान खाएको निहुँमा झगडा हुँदा छ घाइते

रौतहट- बाख्राले धान खाएको निहुमा रौतहटको झुनखुन्वा गाविसमा दुईपक्षबीच झडप हुँदा छ जना घाइते भएका छन् । घाइते मध्ये दुइजनाको अवस्था गम्भिर रहेको छ।

सासू–बुहारीबीच झगडा, सासूको मृत्यु

लहान– सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ। मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्रीदेवी दनुवार रहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्