१९ असार २०८१ बुधबार
image/svg+xml

रियाललाई स्पेनिस सुपर कप

रियालका गोलकिपर थियाबाउट कोर्टोइस र एट्लेटिकोका गोलकिपर जान ओब्लाकले उत्कृष्ट बचाउ गरेका थिए। तर कोर्टोइसले पेनाल्टी सुटआउटमा थोमस पार्टेको प्रहार रोक्दै आफूलाई थप प्रमाणित गरे।

मेसीको गोलमा अर्जेन्टिनाको बराबरी

लियोनल मेसीले अन्तिम समयमा पेनाल्टी अवसर सदुपयोग गरेपछि अर्जेन्टिनाले सोमबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेसँगको मैत्रीपूर्ण खेलमा बराबरी गर्न सफल भएको छ।

आयोजकको विजयी सुरुआत

सिर्जनात्मक एकता युवा सेवा समाज च्यास्मीटारलाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सुरु होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला सिली फुटबल क्लबले विजयी सुरुआत गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सञ्चालन हुँदै आएको गोल्डकपको उद्घाटन खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा युनाइटेड भाग्यमानी

म्यानचेस्टर युनाइटेड रोचडेलेविरुद्ध पेनाल्टी सुटआउटमा भाग्यमानी ठहरिँदाको दिन बुधबार वेस्ट ह्याम लिग कप फुटबलमा अक्सफोर्डसँग पराजित भएको छ।

रंगभेदी टिप्पणीको कडा निन्दा

विश्वकप विजेता फ्रान्सका स्टार पाउल पोग्बाले पेनाल्टी अवसर चुकाएपछि भएको रंगभेदी टिप्पणीप्रति उनको क्लब म्यानचेस्टर युनाइटेडले कडा निन्दा गरेको छ ।

लेवान्डोवस्कीले बायर्नको हार टारे

रोबर्ट लेवान्डोवस्कीको पेनाल्टी गोलमा बुन्डेस लिगाको साबिक विजेता बायर्न म्युनिखले शनिबार नयाँ सिजनको पहिलो खेलमा हारको संकट टारेको छ। शुक्रबार भएको सिजनको पहिलो खेलमा बायर्न हार्था बर्लिनसँग २–२ को बराबरीमा रोकिएको हो।

पेनाल्टी सुटआउटमा इन्टरलाई सफलता

पोर्चुगलका मिडफिल्डर जाओ मारिओको निर्णायक गोलको मद्दतमा शनिबार इन्टर मिलानले नेइमारविहीन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पेनाल्टी सुटआउटमा ६–५ ले हराएको छ।

पेनाल्टी सुटआउटमा ट्युनिसियालाई सफलता

घानासँग ५४ वर्षअघि फाइनलमा बेहोरेको हारको बदला लिँदै ट्युनिसिया अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। इजिप्टको इस्माइलियामा सोमबार भएको खेलमा घानालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले स्तब्ध बनाउँदै ट्युनिसियाले सन् १९६५ मा घरेलु मैदानमा फाइनलमा बेहोरेको हारको बदलासमेत लियो।

पेनाल्टीबाट पेरूलाई सफलता

यसअघि बिहीबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई पनि पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो।

विराटनगरलाई उपमेयर कप

बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै विराटनगर महानगरपालिकाले काठमाडौंमा सम्पन्न प्रथम उपमेयर कप अन्तरनगरपालिका महिला फुटबलको उपाधि जितेको छ।

अर्जेन्टिनाकाे दाेस्राे चरण सम्भावना कठिन

स्ट्राइकर लियोलन मेसीले पेनाल्टीमा गोलबाट अर्जेन्टिनाले बुधबारको कोपा अमेरिकामा हारको संकट टारेको छ । प्रतियोगितमा अर्जेन्टिनाले दुई खेलमा पनि जितको स्वाद चाख्न पाएको छैन । बुधबार पनि टोली पाराग्वेसँग १–१ को बराबरीमा रोकिएको छ । यसअघि पहिलो खेलमा अर्जेन्टिनाले कोलम्बियालाई २–० को नतिजा सुम्पिएको थियो ।

दोस्रो अभ्यास खेलमा कुवेतसँग नेपाल पराजित

कुवेतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोली १–० ले पराजित भएको छ। नेपाल पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो। खेलको २९ औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत निर्णायक गोल गरेको हो।

थ्री स्टार आहा रारा गोल्डकपको फाइनलमा

झरीले रुझेको मैदान हिलाम्यसँगै चिप्लो उस्तै। खेलाडी आफैं पनि नियन्त्रण हुन कठिनाई थियो। बुधबार बिहानैदेखि परेको पानीले पोखरा रंगशालामा १७औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा रुस्लान थ्री स्टारले विभागीय टोली एपिएफलाई अन्तत् पेनाल्टी सुटआउटमार्फत पन्छायो।

हिमालयन शेर्पालाई स्तब्ध पार्दै एपिएफको विजयी सुरुवात

पेनाल्टीले भाग्य कोरिदिएपछि विभागीय टोली सशस्त्र प्रहरी बल छैटौं सस्करणको मनकामना केबलकार पोखरा कपको अन्तिम आठमा प्रवेश गर्दा हिमालयन शेर्पा भने उद्घाटन खेलबाटै बाहिरिएको छ।

युएई एसिया कप फुटबलको क्वार्टरफाइनलमा

निर्धारित समय २–२ गोलको बराबरी खेलेको आयोजक टोली युनाइेड अरब इमिरेट्स (युएई) ले अतिरिक्त समयमा किर्गिस्तानविरुद्ध पेनाल्टीबाट गोल गर्दै एसिया कपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्