'उकालोमा इन्जिन बन्द भयो'
उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएका घाइतेले उकालोमा एक्कासि बसको इन्जिन बन्द हुँदा दुर्घटना भएको बताएका छन्। उनीहरुका अनुसार खहरेखोलाको उकालोमा सुरुमा गुडिरहेको बसको इन्जिन बन्द भयो। पछाडि सर्दै अनियन्त्रित भएर भिरबाट खस्यो।