नाम मिथिला, कामकाजी भाषा मैथिली राख्न बहस
प्रदेश नम्बर २ मा मधेसी दलले सरकार बनाउने स्पष्ट बहुमत प्राप्त गरेसँगै यहाँको सम्भावित सत्ता समीकरणदेखि प्रदेशको नाम र सरकारी कामकाजको भाषाका विषयमा बहस सुरु भएको छ । सत्ता समीकरणमा मधेसी दलकै नेतृत्व रहने प्रस्ट भए पनि प्रदेशको सरकारी कामकाजको भाषा र नामका विषयमा टुंगो लागिसकेको छैन ।