१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

संघीय सांसद नै भेन्डर हात पार्ने धन्दामा

सत्तारुढ दलका सांसद नै मलेसिया कामदार पठाउने भेन्डर हात पर्ने धन्दामा लागेको पाइएको छ। नौ महिनादेखि बन्द मलेसिया रोजगारी सुचारु हुने आसमा बेरोजगार युवा रहेको बेला सांसद र पहुँचवाला व्यवसायीको लबिङले मलेसिया रोजगारी खुल्नमा ढिलाइ भइरहेको तथ्य फेला परेको हो।

लाखौँको अवैध सुनसहित ५ जना पक्राउ

लाखौँको अवैध सुनसहित ५ जना परेका छन्। पक्राउ पर्नेमा धनुषाका सफिउल राइन र खाेटाङका राजन रार्इसहित ५ जना रहेका छन्। बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारहरुलाई प्रयोग गरी तस्कारहरुले सुन तस्करी गरिरहेको गोप्य सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन्।

मेडिकलको धरौटी कम गर्न अदालतको आदेश

उच्च अदालत पाटनले मलेसिया रोजगारीसम्बद्ध बायोमेडिकल सञ्चालकहरुको धरौटी रकम घटाइदिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ ५ गते दर्ता गरेको मुद्दामा जिल्ला अदालत काठमाडौं र ललितपुरले ती संस्थाका सञ्चालकलाई दाबी बिगोभन्दा निकै कम धरौटीमा रिहा गरेपछि मन्त्रालय उच्च अदालत पुगेको थियो।

'अब आर्थिक क्रान्ति आवश्यक'

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले राजनीतिक क्रान्तिको कुरा छाडेर आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिएका छन्। एम्नेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाको शनिबार १९ औं वार्षिक साधारण सभामा बोल्दै उनले भर्खरै फेरिएको शासन प्रणाली संस्थागत गर्नुपर्ने बताए।

विदेशी जेलमा परेका व्यक्तिका परिवार चरम समस्यामा

भीमदत्त नगरपालिका–७, कञ्चनपुरकी जानकी नाथ साँझ–बिहान हातमुख जोर्न पाएमात्र सन्तोषको सास फेर्छिन्। वैदेशिक रोजगारीमा गएर घरको आर्थिक अवस्था सुधार गर्ने सपना बोकेका पति पदम कतारमा जेल परेपछि पत्नी जानकी र छोरीको अवस्था झनै कमजोर बन्न पुगेको छ।

कामदार पठाउने संयन्त्र पुरानै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बद्ध संस्था हटाएरै छाड्ने अडान लिइरहेको बेला मलेसियाले पुनः पुरानै संयन्त्र अनुसार ती संस्थाले नै काम गर्ने जवाफ फर्काएको छ।

वैदेशिक रोजगारीमा जानेले पाउने डलर सटही सुविधा घट्यो

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीले अधिकतम दुई सय अमेरिकी डलरमात्रै सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै एकीकृत परिपत्र २०७४ को बुँदा १ को खण्ड (ख) को ३ संशोधन एवं परिमार्जन गरेर नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

सहिद र घाइते परिवारलाई जागिर र राहतको मल्हम

मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको परिवारमा ढिलै भएपछि खुसी सञ्चार भएको छ। परिवारका एकजना सदस्यले रोजगारीले बुढेसकाल धान्ने सहारा पाएपछि रमेशका पिता रविले आँशु थाम्नै सकेनन्। ०६३ को मधेस आन्दोलन सम्झँदै रविले भने, ‘म जस्ता धेरै पिताले पुत्र गुमाएर पनि अधिकार र मुद्दा स्थापित नभएको सुन्दा ज्यादै दुःख लाग्छ। बुढेसकाल धान्ने सहारा अर्को छोरालाई मधेस सरकारले जागिर दिएर हाम्रो पारिवारिक समस्या सामाधान गरिदिएको छ, उनले भने, ‘अधिकार र मुद्दा स्थापित गराएर राजनीतिक समस्या सामाधान भएको देख्ने लालसा छ।’

मोडालिटी बनिसकेको छैन तर पारदर्शी प्रक्रियाबाट नेपालीहरु जापान जान्छन् : मन्त्री विष्ट

पारदर्शी तथा प्रतिस्पर्धी प्रक्रियाबाट नेपालीलाई जापान रोजगारी दिलाउन दुवै देशका अधिकारी सहमत भएका छन्। जसका लागि दुवै देशका अधिकारी सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ।

कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइन

सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए।

कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइन

सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए।

युवाको चासो आर्थिक सहायतामा, सीप परीक्षणमा बेवास्ता

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले मंसिर पहिलो र दोस्रो साता युवालक्षित दुई सूचना जारी गर्‍यो। मंसिर ६ गते प्रकाशित पहिलो सूचना थियो– वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय गर्नका लागि आर्थिक सहायता पदान गर्ने। अनि, मंसिर १२ गते प्रकाशित दोस्रो सूचना थियो– वैदेशिक रोजगारीबाट फर्केका युवाले के कस्तो सीप सिकेका छन्, त्यो परीक्षण गर्ने।

मलेसिया रोजगारी तत्काल सुरु गर : व्यवसायी

मलेसियासँग श्रम समझदारी (एमओयू) भएको साढे दुई महिना बित्दासमेत कामदार पठाउने प्रक्रिया सुरु नभएपछि व्यवसायीले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति गुहारेका छन्।

मृत्युको पहिलो कारण सुतेको सुत्यै

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउने दाबी गर्दै आए पनि यथार्थमा विदेश पुगेका युवा असुरक्षित हुने क्रम बढेको छ। रोजगागरीका लागि आकर्षक गन्तव्य मानिएको कोरिया पुगेका युवा सुतेको सुत्यै हुन थालेपछि सरकारमाथि सुरक्षाका थप उपाय सुरु गर्नुपर्ने दबाब सिर्जना भएको छ।

वैदेशिक रोजगारीमा गएका करिब ३ सय महिला सम्पर्क विहीन

वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ र बर्दियाका १०१ महिला घरपरिवारबाट सम्पर्क विहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्