१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

छोटो समयमै छिटाे विकास गरेर देखाउँछौः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई अब तीव्र रुपमा बढाइने बताएका छन्। सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै ओलीले छोटो समयमा छिटो विकास गर्ने बताएका हुन्।

गरिमा बैंक १२ वर्षमा

गरिमा विकास बैंक लिमिटेड १२ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम गरेको जनाएको छ।

लक्ष्यकाे तुलनामा प्रगति निराशाजनक

एसियाली विकास बैंक (एडिबी)ले नेपालमा आफ्नो लगानीमा सञ्चालित परियोजनाको प्रगति कमजोर रहेको भन्दै चासो व्यक्त गरेको छ। सरकारी निकायको ढिलासुस्ती, आयोजना प्रमुखको गैरजिम्मेवारीपन लगायत कारण ठूला परियोजनाको कामले गति लिन नसक्दा वार्षिक लक्ष्य भेटाउन सकिने अवस्था नरहेकोमा एडिबीका उच्च अधिकारीले असन्तुष्टि व्यक्त गरेका छन्।

समावेशी विकास : के र कसरी?

आर्थिक वृद्धिलाई मात्र विकास ठान्ने परम्परागत अर्थराजनीतिक दृष्टिकोणमा परिवर्तन आई विकासलाई सामाजिक, आर्थिक र वातावरणीय आयामबाट हेर्ने विस्तृत दृष्टिकोण स्थापित भएको छ।

दलालको दलदलमा विकास

विकास र समृद्धि यतिबेला खुबै चलेका शब्द हुन्। तर यी दुई शब्दका अन्तर्यमा जस्तो परिभाषा विद्यमान छ त्यो कम्ती चाखलाग्दो छैन। विकास र विकासे सञ्चारको विद्यार्थी भएका नाताले स्वाभाविक रूपमा मैले यसलाई आलोचनात्मक चेतले हेर्न पाएँ। यद्यपि मेरा सीमितता छन्। मैले यहाँ प्रस्तुत गरेका विचार मेरा निजी अनुभव हुन्।

‘जनअपेक्षा अनुसार काम हुन सकेन’

नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएकी छिन्। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले दुई तिहाइको बहुमत हुँदा पनि सरकारले विकास निर्माणको काममा उल्लेख्य काम गर्न नसकेको बताइन्।

सिन्धु – सगरमाथा बैंकास्योरेन्स

सिन्धु विकास बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

सरकार गठन भएको ९ महिनामा सोचेजस्तो विकास हुनसकेन : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दवाव वा हस्तक्षेप नहुने स्पष्ट गरेका छन्। मंगलवार सिंहदरबारमा भएको नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश विकासको नीति तर्जुमा गर्न अनुसन्धानमूलक एवं तथ्यगत विषयलाई सूक्ष्म ढङ्गले जानकारीमा ल्याउने उद्देश्यले गठन गरिएको प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने बताए।

लुम्बिनी जनरल र महालक्ष्मी विकास बैंकबीच बैंकास्युरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्युरेन्स सम्झौता भएको छ।

मुक्तिनाथ विकास बैंकद्वारा आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ मन्दिर क्षेत्रभित्र निर्माण भएको नर्सिङ गुम्बा परिसर सुधारका लागि पाँच लाख सहयोग गरेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मीको पहिलो जित

राष्ट्रिय टोलीबाट खेलेका स्ट्राइकर सन्तोस साहुखललाई टोलीमा समावेश गरेसँगै उत्साहित बनेको च्यासल युथ क्लबले शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मीलाई १–० को नतिजा सुम्पिएको छ।

आर्थिक समुन्नतिका लागि भ्रष्टाचारमा शुन्य सहनशीलता अावश्यक : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले औद्योगिक क्षेत्रको विकास भए मात्र देश विकसित हुने बताएका छन्।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, २० योजनामा १४ सडक

खोटाङमा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट बिनियोजन गरिएको छ। निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई संयोजक रहेको निर्देशक समितिले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत प्राप्त भएको ४ करोड बजेट बिभिन्न २० योजनाका लागि बिनियोजन गरेको हो।

जनताको विकास जनताद्वारा

विकास सम्पूर्ण उन्नतिको अवधारणा हो । चेतनशील ठम्याइ, क्रियाशील संलग्नता र प्रतिबद्ध नेतृत्व विकासको पूर्वसर्त हो । जनताको दिनचर्या र परिवर्तनशील सामाजिक चेतानासँग विकासको अवधारणालाई गाँस्ने काम शुद्ध राजनीतिक कर्म हो । त्यसैले विकास राजनीतिको परम लक्ष्य हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्