१२ मंसिर २०८१ बुधबार
image/svg+xml

धरान फुटबल क्लव र सिक्किम युनाइटेड भिड्दै

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) धरान फुटबल क्लब र भारतको सिक्किम युनाइटेडबीच प्रतिष्पर्धा हुदैछ।

धरानमा अनसन स्थगित, शान्तिपूर्ण आन्दोलनको घोषणा

प्रदेश राजधानीको मागले अन्यत्र हिंसापूर्ण आन्दोलन चर्किर्दै गर्दा प्रदेश नम्बर १ को धरानमा भने महिना दिन लामो रिले अनसन स्थगित गरिएको छ। धरान प्रदेश नं १ को राजधानी बनाउ अभियान स्वतन्त्र समितिले बिहिबार रिले अनसन स्थगित गर्दै रचनात्मक एवं शान्तिपूर्ण आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

धरानमा सूर्य नेपाल गल्फ

सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन बुधबार धरानको निर्वाणा कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टमा सुरु हुने भएको छ । तीन दिन गरी ५४ होलमा खेलाइने प्रतियोगितामा ६ स्थानीयसहित ३० व्यावसायिक खेलाडीले ६ लाख ३० हजार पुरस्कार राशिका लागि प्रतिस्पर्धा गर्ने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले जनाएको छ ।

प्रदेश राजधानीको माग गर्दै धरानमा रिले अनसन

प्रदेश नं १ को राजधानी बनाउन विभिन्न जिल्ला र शहरबीच लविङ एवं रस्साकस्सी चलिरहँदा धरानबासीले भने रिले अनसन शुरु गरेका छन्। धरानलाई प्रदेश नं १ को राजधानी बनाउ अभियान स्वतन्त्र समितिले भानुचोकस्थित घण्टाघरको पेटीमा पाल टाँगेर शनिबार दिउँसोदेखि रिले अनसन शुरु गरेको हो । अनसनमा विभिन्न राजनीतिक दल सम्बद्ध युवा, सामाजिक संघसंस्था र सर्वसाधारणहरूले पनि स्वेच्छिकरुपमा सहभागिता जनाइरहेका छन् । समितिले अनसनस्थलमा प्रदेशसभा, मुख्यमन्त्री र मन्त्रालयको लागि धरानमा उपलब्ध भौतिक संरचना एवं पुर्वाधारहरूको तस्बिरसमेत ब्यानरमा राखेको छ।

धरानको चन्द्र संस्कृत केन्द्रमा बम पड्काइयो, मतदाता भागाभाग

सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थित चन्द्र संस्कृत मतदान केन्द्रमा बम पड्काइएको छ। एक्कासि बम पड्किएपछि लाइनमा बसेका मतदाताहरु भागाभाग भएका छन्।

‘भुइँमान्छे’ लिएर धरान आइन् सिपोरा

सिपोरा गुरुङ भलिवल खेल्न मात्र होइन, अभिनयमा पनि पोख्त छिन्। उनले ६ बर्ष अघि(सन् २०११) मा नै पोखरामा निर्माण भएको फिल्म ‘घलेकः द साइन अफ लव’मा अभिनय गरेकी थिइन्। त्यसबेला उनी घाइते भएकोले खेल मैदानबाट केही समयको लागि टाढिएकी थिइन्।

एमालेद्वारा धरान उपमहानगरमा उम्मेदवार घोषणा

असार १४ गतेको स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले धरान उपमहानगरमा मेयर र उपमेयरसहित १ सय २ जना उम्मेदवारहरुको औैपचारिक घोषणा गरेको छ।

फूलप्रेमी धरान

धरानको महेन्द्र बहुमुखी क्याम्पसनजिकै होमकुमारी लिम्बूको घर वरिपरि बेगमबेली, हेविस्कस, पिटेनिया, लालुपातेजस्ता फूल ढकमक्क फुलेका छन् । उनको बगैँचामा फूलका सयौँ बोटबिरुवा छन् । घरको छतमा पनि उसै गरी सजाइएका छन् फूलका गमला ।

धरानमा ग्याङफाइट, एकको मृत्यु

सुनसरीको धरान उपमहानगरपालिकामा आज दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मोर्चाले मृतक भनेका दिगम्बर यादब ज्युउँदै, धरानमा उपचारत

प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका राजविराट ५ का ४५ बर्षीय दिगम्बर यादवको धरानमा उपचार भइरहेको छ। ढाडमा गोली लागेका यादवको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्जरी वार्डको युनिट २ को वेड नं १० मा उपचार भइरहेको छ। एमालेको मेची महाकाली अभियानअन्र्तगत सप्तरीमा आयोजित कार्यक्रम बिथोल्ने प्रयासमा प्रहरीसँग झडपमा गोली लागेर उनी घाइते भएका थिए।

धरान गइरहेको बसको ठक्करबाट युवाको मृत्यु

यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी– ८ बस्ने २० वर्षीय खेलु माझीको बुधबार मृत्यु भएको छ।

पोखरा, धरान, भैरहवासहित दस सहरको एकीकृत रोडम्याप बन्दै

सरकारले बजेटमा घोषणा गरे अनुरुप उपत्यका बाहिरका १० वटा सहरलाई व्यवस्थित र आधुनिक बनाउने रोडम्याप बनाउन सुरु गरेको छ। एकीकृत र व्यवस्थित सहरीकरणको विश्वव्यापी मान्यता अनुसार सहरी विकास मन्त्रालयले त्यस्तो रोडम्याप तयार पार्न लागेको जनाकारी दिएको छ।

धरानमाथि मनाङको सहज जित

धरान फुटबल क्लबमाथि सहज जित निकाल्दै लक्ष्मीहुन्डाई मनाङमर्स्याङदी क्लब आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मनाङले आइतबार धरानलाई ४–१ ले सहजै पाखा लगायो। मनाङको जितमा सुजल श्रेष्ठ र अनिल गुरुङले समान २/२ गोल गरेका छन्।

धरान सडक उत्सव शुरु

‘घुम्न जाउँ धरान’ भन्ने नाराका साथ तीन दिने १३ आंै धरान सडक उत्सव २०७३ शनिबारदेखि शुरु भएको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित उत्सवको एक समारोहबीच नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ) दिपक जोशीले गरेका थिए ।

धरानमा वेभ रक टुर

युवा पुस्तामाझ चर्चित गायक सविन राईको गृहनगर धरान हो। त्यसैले उनी धरान आउनु जानु सामान्य हो । तर, जब उनी स्टेजमा चढ्छन्, तब धरानमै ‘बारुद सल्काए’झैं हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्