२१ आश्विन २०८१ सोमबार
image/svg+xml

धनको धम्की

जब धन बोल्न थाल्छ, तब नियम–कानुन मौन बस्छ। यो सनातन तथ्य नेपालमा पैसावाला र पहुँचवालामा मनग्गे लागु हुँदै आएको छ। यसको पछिल्लो दृष्टान्त ग्यास उद्योगीले प्रस्तुत गरेका छन्। तिनको गैरकानुनी धम्कीका अघिल्तिर सरकार लाचार बन्न पुगेको छ।

तालिबानी धम्की लुकाइँदा काबुल आक्रमण

काठमाडौं– अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउने सुरक्षा कम्पनीले तानिबानी समूहलाई धम्कीबापत पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीले निष्कर्ष दिएको छ।

उद्योगीको धम्कीले कारबाही फिर्ता

ग्यास उद्योगीको गैरकानुनी धम्कीले अन्ततः सरकार झुकेको छ। ललितपुर र कालिमाटी ग्यास विस्फोटको वास्तविक तथ्य सार्वजनिक नहुँदै सरकारले एचपी ग्यास उद्योगलाई गरेको कारबाही फिर्ता लिएको छ। उद्योगीको दबाबपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।

'कारबाही छल्न' ग्यास रोक्ने धम्की'

ग्यास उद्योगीले सरकारी कारबाहीबाट बच्न भारतबाट ग्यास नल्याउने धम्की दिएका छन्। सरकारले एचपी ग्यास कम्पनीको ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेर कानुनी कारबाही अघि बढाएपछि 'गैरव्यवसायी चरित्र' देखाउँदै नेपाल एलपी ग्यास उद्योग संघले मंगलबारबाट ग्यासको पिडिओ नलिने घोषणा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्