१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

जिल्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्।

हात्ती धपाउन स्थानीयवासीलाई साइरन

दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ।जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो।

चितुवा देखिन थालेपछि सतर्क रहन आग्रह

टुँडिखेलटोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए।

त्रिपालको सहारामा भूकम्पपीडित

भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ।

झोलुङ्गे पुल बनेसँगै आवागमन सहज

म्याग्दीको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि बनेको पटेरनीघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी

भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो। अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु।

महाकाली नदीको सतह बढेपछि स्थानीयवासी त्रसित

भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ।

अलपत्र पुलको निर्माणको माग गर्दै स्थानीयवासीले थालेको अनसन जारी

लामो समयदेखि अलपत्र अवस्थामा अधुरो निर्माण छाडेर ठेकेदार वेपत्ता भएपछि रौतहटमा पुल निर्माणको माग गर्दै स्थानीयले निर्माणाधीन पुलमुनि नै रिले अनसन सुरु गरेका छन्।

राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन

बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन्।

१६ वर्ष अगाडिको द्वन्द्वको झल्को दिने के हो कालिकोट बम विस्फोटको घटना?

करिब बिहानको साढे सात बजेको थियो। बम विस्फोटको आवाज कानमा गुञ्जिएको के थियो प्रवलालको नजर आफ्नै घरतर्फ पर्यो। धुवाँ नै धुवाँले घरसमेत देखिएको थिएन। धुवाँ देखेपछि उनलाई छाँगाबाट खसेजस्तो भयो। उनको होस उड्यो। धान काट्दै गरेका प्रवलाल हतार हतार गरेर घरतिर दौडिए। जब प्रवलाल घरमा पुगे घटनास्थलमा भाइ जयलाल थापाकी छोरी झरना थापाको मृत्यु भइसकेको रहेछ।

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीबीच झडप: प्रहरी निरीक्षकसहित आठ जना घाइते

उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन्।

आगामी महिनादेखि रेल चलाउने तयारी

रेलमा चढ्ने वर्षौँदेखिको आफूहरूको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो।

बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन्।

भरतपुर महानगरमा झन्डै चार अर्बका खानेपानी आयोजना, स्थानीयवासी खुसी

जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन्। पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन्।

अध्ययन बिना संरचना भत्काइएपछि स्थानीयवासी आतङ्कित

काठमाडौँ महानगरपालिकाको १४नं वडा कार्यालयले बल्खुस्थित बन्धुदत्त मार्ग र नक्षत्र मार्गको सङ्मस्थलमा ढल व्यवस्थापनका नाममा सडक खन्दा त्यस क्षेत्रमा आवतजावत गर्ने बासिन्दालाई असर परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्