१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

गृहमन्त्री थापालाई संसदमै गगनको व्यंग्य

नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापालाई व्यंग्य गरेका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा गगनले गृहमन्त्री थापाले निर्मला पन्त हत्या प्रकरणमा दिएको अभिव्यक्तिलाई लिएर व्यंग्य गरेका हुन्।

सर्लाही घटनामा छानबिन समिति बनाउन सरकारलाई आपत्ति छैनः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले  जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पु-याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको स्पष्ट गरे।

सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्‍याउनेलाई कारवाही : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्‍याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारवाही गर्नुपर्ने बताए।

खुला सीमाले लागुऔषध दुरुपयोग चुनौतीपूर्णः गृहमन्त्री

लागुऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा सरकारका प्रयासहरू पर्याप्त नहुनु र खुला सिमानाका कारण यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

‘सहमति जुटाउन खोज्दा नागरिकता विधेयक अघि बढेन’

नागरिकता विधेयकमाथिको छलफलका क्रममा समितिका सदस्यहरूबीच नेपाली महिलासँग विवाह गर्ने विदेशी र नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ।

सांसदको प्रश्नः १० बर्षे जनयुद्ध गर्नेहरुले रेशम चौधरीलाई फलामे सिक्रीले बाध्ने?

सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराइएको, सरकारको काम कारवाही असफल बन्दै गएको र खेतीपातीको समयमा रासायनिक मल अभाव भएको भन्दै सहज मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

'प्रहरीलाई ढुंगा हान्ने अधिकारलाई हामीले कसरी लोकतान्त्रिक अधिकार भन्ने?'

गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्।

‘मान्छेलाई लातका लात मर्नेगरी कुट्ने, गृहमन्त्रीले केही भएको छैन भनेर झुट बोल्ने?’

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले गृहमन्त्री रामबहादुर थापालाई सत्य बोल्न आग्रह गरेका छन्। गुठी संरक्षण अभियन्तामाथि माइतीघर मण्डलामा भएको दमनको घटनाबारे गृहमन्त्री थापाले संसदमा दिएको जवाफमाथि प्रश्न गर्दै तिमल्सिनाले झुट नबोल्न सचेत गराए।

रेडक्रसलाई थप प्रभावकारी बनाउन आवश्यक : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले नेपाल रेडक्रस सोसाइटीलाई थप प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका छन्। रेडक्रसको नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले कार्यसमितिमा अनुभवि टिम आएको भन्दै संस्थाले थप सक्रिय भएर कामगर्ने विश्वाँस व्यक्त गरे।

गृहमन्त्रीले मर्नेहरु नागरिक होइनन् भनेपछि संसदमा हङ्गामा

काठमाडौंमा भएको बम विस्फोट घटनामा ४ जनाको मृत्यु र आधा दर्जन घाइते भएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्।

‘सरकार र विप्लव समूहबीच साँठगाँठ’को प्रश्न उठेपछि संसदमै झोक्किए गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले राजधानीको बम विस्फोटमा मृत्यु भएकाहरु विप्लव समूहसँग सम्बन्धितहरु भएको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने क्रममा प्रतिपक्षी दलका सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दे उनले विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको बताए।

गृहमन्त्रीलाई सांसदको प्रश्न : राजधानीमै बम पड्किदा सरकार किन निदाएको छ ?

शक्तिशाली सरकारको समयमा पनि राजधानीकै बासिन्दा सुरक्षित हुन नसकेको र नेपालीहरु आतंकित भएको भन्दै उनले सरकार के गरेर बसिरहेको छ भनी प्रश्न गरिन्। उनले भनिन् “सरकार किन चुप ? सरकार किन निदाएको छ ? नेपाली जनताले सरकारलाई खोज्न कहाँ जानुपर्ने सभामुख महोदय?”

गृहमन्त्रीले संसदमा भने : विप्लव समूहले चार कम्पनी सेना बनाएको छ

गृहमन्त्री रामबहादुर थापाले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन र नियन्त्रण गर्न प्रतिवद्ध भएको बताएका छन्। सोमबार संसदमा बोल्दै उनले विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्तामा ल्याउने प्रयास सरकारले अघि बढाएको बताए।

गृहमन्त्रीद्वारा तातोपानी अनुगमन, बुधबारबाट नाका सञ्चालनमा

सञ्चालनको पूर्वसन्ध्यामा गृहमन्त्री रामबहादुर थापाले तातोपानी नाकाको सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन्। नाका सञ्चालनअघि तातोपानीमै पुगेर उनले नाकाको सुरक्षा अवस्था अनुगमन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्