२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

महिलाको कुलदेवता कुन ?

हालैको कुरा हो, काठमाडौँकै एकजना बहिनी गुर्जुकोमा चिना देखाउन गएकी थिइन् । गुर्जुले उनलाई भने— ग्रहदशामा गडबडी चलिरहेको छ, कुलदेवता पूजा गर्नू ठीक हुन्छ ।

मिथिला कलामा महिला समानताका आह्वान

मिथिला कलामार्फत् महिला समानताका आवाज उठाउँदै आएकी कलाकार सुनैना ठाकुरको दोस्रो एकल चित्रकला प्रदर्शनी ‘समानता’ सोमबारदेखि नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ ।प्रदर्शनीको उद्घाटन गर्दै नेकपाका नेता नारायणकाजी श्रेष्ठले कलाकार सुनैनाले चित्रकलामार्फत् नेपाली महिला सशक्तीकरणका क्षेत्रमा गर्विलो आवाज उठाएको बताए ।

महिलाले रक्सी किन्न पाउने प्रस्ताव राष्ट्रपतिद्वारा खारेज

श्रीलंकामा महिलाले कानूनी रुपमा मदिरा खरिद गर्न पाउने सरकारको प्रस्ताव राष्ट्रपति मैत्रीपला सिरिसेनाले खारेज गरिदिएका छन्। पुरुषसरह समान अधिकार दिने भन्दै सरकारले यो प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो।

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आइतबार थप एक महिलाको मृत्यु भएको छ। स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पहिलोपटक रंगशालामा साउदी अरेबियाका महिला

साउदी अरेबियाका महिला पहिलोपटक फुटबल खेलको दर्शकका रूपमा रंगशालामा पुगेका छन् ।  त्यहाँका महिलाहरूले पहिलो पटक रंगशालामा नै उपस्थित भएर भएर फुटबल हेरेका हुन् । महिलाहरूलाई घर भित्रको काममा मात्रै सीमित नराख्ने साउदी सरकारको निर्णय पश्चात् साउदीका महिलाहरू पहिलोपटक परिवारसहित रंगशाला पुगेका हुन्।

माईत हिँडेकी महिला खोलामा मृत फेला

खोटाङमा माईत हिँडेकी महिला खोलामा मृत फेला परेकी छन्। पुस २५ गते माईती घर हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ मृत फेला परेकी हुन्।

आर्मी पुरुष र एपिएफ महिला च्याम्पियन

नेपाल आर्मी र एपिएफ राखेप च्याम्पियनसिप अन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेका छन् । नेपाल आर्मी पुरुष तथा महिलामा एपिएफ टिम च्याम्पियन भए । बुधबार सम्पन्न प्रतियोगितामा आर्मीले पुरुषतर्फका ८ स्वर्ण, १ रजत र १ कांस्य जित्दा महिलामा एपिएफले ३ स्वर्ण ४ रजत १ कांस्यसहित च्याम्पियन भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

महिलातर्फ पश्चिमाञ्चल सेमिफाइनलमा

राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आर्मी र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

महिला नेत्री बुढाथोकीको निधन

झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्री कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ ।

अल्लो कपडा उत्पादनमा ग्रामिण महिलाको आकर्षण

जिल्लाको उच्चपहाडी जंगलमा पाईने र प्रशोधन गरि धागो निकालेर कपडा बनाएर महँगो मुल्यमा बिक्री गर्न सकिने अल्लोको प्रशोधन गर्ने काम प्रति ग्रामिण महिलाको आकर्षण बढ्न थालेको छ।

छाउपडी गोठमा सुतेकी एक महिलाको मृत्यु

अछाममा महिनावारी भएको बेला छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छन  । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति घरबाट टाढा छाउपडी गोठमा सुतेकी  वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको एक्लै सुतिरहेको अवस्थामा गएराति मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

सर्वोच्च र उच्च अदालतमा महिला मुख्य न्यायाधीश बनाउन माग

नेपाल बार एशोसिएशन महिला समितिले सर्वोच्च अदालत न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीश महिलालाई नियुक्ति गर्न माग गरेको छ। बारका महिला समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको नेतृत्वमा आइतबार गएको समूहले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै न्यायाधीश नियुक्ति गर्दा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक र समावेशीतालाई ध्यान दिन माग गरिएको हो।

महिला मत ५४ प्रतिशत, प्रतिनिधित्व ३३

गत मंसिर २१ मा सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रदेश नम्बर ५ मा प्रत्यक्षतर्फका ५२ सांसद चुनिए । निर्वाचित ५२ सांसदमध्ये महिला संख्या जम्मा २ जना मात्रै रह्यो । बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट माओवादीकी कृष्णा केसी र बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट एमालेकी आरती पौडेल मात्रै पाँँच नम्बर प्रदेशमा निर्वाचित महिला सांसद हुन् । यो प्रदेशका कुल १२ जिल्लामध्ये बाँकेबाहेक ११ जिल्लाबाट प्रदेशसभामा प्रत्यक्षबाट महिला प्रतिनिधित्व शून्य रह्यो ।

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए।

तेह्र किलो गाँजासहित एक महिला पक्राउ

भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट विहीबार पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्