२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एम्बुलेन्स दुर्घटना हुँदा महिलाको ज्यान गयो, ४ घाइते

सल्यानमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

बाँदरले घरभित्रै पसेर महिलालाई टोकेपछि...

बगनासकाली गाउँपालिका–८, बराङ्दीमा बाँदरको टोकाईबाट एक महिला घाइते भएकी छिन्। ४५ बर्षीय देवीसरा रानालाई घरमै बसिरहेको समयमा बाँदरले टोकेको हो।

‘दाइजो’ले लियो महिलाको ज्यान, प्रहरी कार्यालय अगाडि प्रदर्शन

दाइजोको विवादमा पर्सामा फेरि एक २१ बर्षीया महिलाले ज्यान गुमाएकी छिन्। पछिल्लो समयमा दाइजोकै कारण महिलाको हत्या र आत्महत्याको घटनाहरु एकपछि अर्को बाहिर आइरहेका बेला हरदासपुर की २१ वर्षीया रिंकी देवीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले ससुरालमा रिंकुको हत्या भएको दाबी गरेका छन्।

विपन्न महिलाकाे निशुल्क उपचार

आर्थिक अवस्था कमजाेर भएकी प्युठानकी एक महिलाको निशुल्क उपचार गरिएकाे छ । चार वर्षदेखि खुट्टामा रहेको रड निकाल्न नसकेकी धनी विककाे स्थानीय राज बस्नेतकाे पहलमा निशुल्क शल्यक्रिया गराइएकाे हाेा।

महिला गस्तीले टोलमा शान्ति र सुरक्षा

महिलाले रात्रि गस्ती गर्न थालेपछि यहाँका दुई टोलमा शान्ति, सुरक्षा बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको हेटौंडा उपमहानगरपालिका–९, पशुपतिनगरमा महिलाले दुई महिनादेखि रात्रि गर्दै आएका छन्।

अमेरिकी गुप्तचर निकायमा पहिलो पटक महिला निर्देशक

अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ले पहिलो महिला निर्देशक पाएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पले सीआईएको उपप्रमुख जिना ह्यास्पेललाई निर्देशकमा नियुक्त गर्न गरेको सिफारिशलार्इ अमेरिकी सिनेटले अनुमोदन गरेको छ।

कान्समा महिला फिल्मकर्मीको विरोध

फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी दजनौं महिला फिल्मकर्मीले फिल्म उद्योगमा भइरहेको लैंगिक विभेदविरूद्ध ‘मौन प्रदर्शन’ गरेका छन् । फेस्टिभलको रेडकार्पेटमा अभिनेत्रीहरू? केट ब्लान्चेट, क्रिस्टन स्टुवार्ट, जेन फोडा र सल्मा हायकसहित ८२ महिला फिल्मकर्मीले मौन प्रदर्शन गरेका हुन् । केट र क्रिस्टेन यो सालको महोत्सवका जुरी पनि हुन्।

आँधीबेरीबाट एक महिलाको मृत्यु

कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए ।

महिला संघमा विवाद

नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनलाई लिएर विवाद सुरु भएको छ। महाधिवेशन भएको डेढ वर्षपछि अध्यक्ष उमा रेग्मीले पदाधिकराी र सदस्य मनोनित गर्दा आपूmसँग परार्मस नगरेको भन्दै महासचिव धना खतिवडाले असन्तुष्टि जनाएकी हुन्। महासचिव खतिवडाले आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष रेग्मीले महिला संघमा बिग्रहको वातावरण सिर्जना गरेको आरोप लगाएसँगै विवाद बाहिर आएको हो।

काँग्रेसको महिला भेला सम्पन्न

नेपाली काँग्रेस क्षेत्र नं १ को महिला विभागले धरानमा बृहत् भेला सम्पन्न गर्दै विभागलाई पूर्णता प्रदान गरेको छ।

राष्ट्रिय महिला लिग भलिबल जेठ चौथो सातामा

चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल आगामी जेठ चौथो साता हुने भएको छ।  भलिबलप्रति युवापुस्तालाई आकर्षित गर्ने लक्ष्यका साथ छ टोलीको सहभागिता रहने प्रतियोगिता जेठ २१ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए।

महिलालाई स्वदेशमै रोजगारी

सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने गृहकार्य शुरु भएको छ।

महिलालाई मात्र आएको लोकतन्त्र !

भर्खरै एउटा संस्थाले गरेको अध्ययनअनुसार विदेश जानेका ६० प्रतिशत श्रीमतीमा मानसिक स्वास्थ्य समस्या रहेको प्रतिवेदन प्रकाशित भएको छ। उक्त अध्ययनले निकालेको निष्कर्ष लगभग आम नेपाली समुदायमा देखापरेको अहिलेको गम्भीर समस्या हो। आज प्रायः हरेक परिवारको कोही न कोही सदस्य विदेश गएकै छ । भर्खर युवा अवस्थामा प्रवेश गरेको होस् वा वयस्क, पढ्न वा पैसा कमाउन विदेश जानुपर्ने कुरा संस्कारजस्तै बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्