१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दुरुपयोग नहोस् सहुलियत

यतिबेला कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आतंकित छ। गत डिसेम्बर अन्त्यतिर चीनको उहानमा देखापरेको यो भाइरस अहिले १४० मुलुक पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले यसको संक्रमणलाई ‘महामारी’ भनिसकेको छ।

यूएइले दियो फोहोरबाट उर्जा उत्पादन गर्न नेपाललाई १ करोड अमेरिकी डलर

संयुक्त अरब इमिरेट्स (यूएइ) ले नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ।

प्रदेश ५ः सहुलियतपूर्ण कर्जा कार्यक्रमले गति लिदैं

नागरिकहरु कर्जाको महत्व, प्रकृया, लगायतका विषयमा जानकार हुँदै गएपछि यसले बिस्तारै गति लिएको उनीहरुको भनाइ थियो।

एक प्रतिशत सहुलियत कर्जा लगानी गर्न आग्रह

अर्थमन्त्री युवराज खतिवडाले मुलुकभरका बैंकलाई कूल कर्जाको कम्तीमा एक प्रतिशत सहुलियत कर्जा प्रवाह गर्न आग्रह गरेका छन्। राष्ट्रिय युवा परिषदले बुधबार राजधानीमा आयोजना गरेको सहुलियतपूर्ण कर्जा उपलब्ध गराई युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गर्न आयोजित पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन्।

दैलेखमा नगर बस सञ्चालन

चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगरवासीहरुलाई सहज होस् भनेर नगर बस संचालनमा ल्याएको छ। कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई सहज बनाउने उद्देश्यले नगर बस संचालनमा ल्याएको हो।

राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा ६० करोड

फितलो व्यवस्थापनका कारण ग्राहकबाट चालोचना खेप्दै आएको राष्ट्रिय वाणिज्य बैंकमा सुधार आएपछि यसले ६० करोड रुपैयाँ सहुलियत कर्जा वितरण गरेको छ।

बाहिरी बजारभन्दा सस्तो हुँदा पनि बिकेन सहुलियत चामल

चाडपर्वको समयमा सहुलियतमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्य रूपमा चामल बिक्री हुन सकेको छैन। चाडपर्वका समयमा हुनसक्ने कालोबजारी रोक्न तथा सस्तो र सुपथ मूल्यको चामल अनुमान गरिएको भन्दा कम मात्रामा बिक्री भएको तुलसीपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।

सहुलियत दरमा चामल बिक्री गर्न सुरु

नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न शुरु गरेको छ। गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालाई लक्षित गरी संस्थानको कार्यालय पाटेचौरबाट सहुलियदरमा चामल बिक्री गर्न शुरु गरेको हो।

१७ हजारलाई ३७ अर्ब

गत असार मसान्तसम्मको तथ्यांकअनुसार वित्तीय संस्थाहरूले विभिन्न सातवटा शीर्षकमा ३७ अर्ब १२ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेका हुन्।

नेपाली कार्गोलाई बिमा शुल्कमा भारी सहुलियत

कोलकाता बन्दरगाहस्थित भारतीय भन्सार कार्यालयले नेपाली कार्गोको राजस्व बिमामा ८४.३३ प्रतिशत सहुलियत दिएको छ। भारतको बाटो ल्याइने मालवस्तुको राजस्व जोखिम बराबर ‘ड्युटी इन्स्योरेन्स’ (राजस्व बिमा) त्यहाँ गराउनुपर्ने प्रावधान छ। त्यही बिमा शुल्कमा नेपालले सहुलियत पाएको हो। नेपाली आयातकर्ता र अन्य सरोकारवालाले यसलाई तेस्रो मुलकसँगको व्यापारको हकमा महत्वपूर्ण भनेका छन्।

दसैं, तिहारका लागि खुल्याे सुपथ मुल्य पसल

सरकारले दसै, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सहुलियत मूल्य पसल संचालन गरेको छ।

१६ अर्ब माग्दा ३३ करोड पाए

वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहना युवालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरेको थियो। सोही सूचना अनुसार आवेदन दिएकामध्ये १८ हजार सात सय ३७ सहुलियत ऋणका लागि योग्य रहेको भन्दै बोर्डले सूचीकरण गरेको थियो। त्यसरी माग गरिएको आवेदन अनुसार युवाले १६ अर्ब रुपैयाँ भन्दा बढी रकम ऋण लिन खोजेको बोर्डले जनाएको छ।

माग १८ हजारको, पाउने ५० जना

स्वरोजगार बनाउने नाममा दिने ऋणको अनुभव सकारात्मक छैन। उद्यम गर्नलाई लिएको ऋण फजुल खर्च गरी साँवासमेत नतिर्ने उदाहरण धेरै भएकाले बैंकहरूले विदेशबाट फर्केका युवालाई ऋण दिन आनाकानी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्